ओलीको अर्को हार : राजदूतको सिफारिस कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


प्रकाशित मिति : असार १३, २०७८ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट अर्को हार व्यहोरेका छन्। नागरिकता अध्यादेश, मन्त्रिपरिषद विस्तारलगायतका निर्णयपछि ओली सरकारले गरेको अर्को निर्णयमाथि पनि सर्वोच्चले रोक लगाइदिएको हो।

पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा गरेको सिफारिस कार्यान्वयन नगर्न सर्वोच्चले आइतबार अन्तरिम आदेश दिएको हो। वैशाख २५ गते बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई बहराइनको राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।

तर, राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ कार्यान्वयन नगर्न यसअघि नै सरकारलाई सर्वोच्चले आदेश दिइसकेको भन्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानको इजलासले कार्कीलाई नियुक्ति नदिन आदेश दिएको हो।

कार्कीलाई राजदूतमा नियुक्त गर्न सरकारले निर्देशिका संशोधन गरेको थियो। राजदूत नियुक्त हुन स्नातक उतीर्ण हुनुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ। तर, सरकारले वैशाख २५ गते निर्देशिका संशोधन गरी मन्त्री भइसकेका व्यक्तिको हकमा त्यो दफा लागू नहुने व्यवस्था गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्देशिका संशोधन भएकै दिन सरकारले कार्कीलाई राजदूतका लागि सिफारिस गरेको थियो। तर, सर्वोच्च अदालतले निर्देशिका संशोधन तत्काल कार्यान्वयन गर्न अन्तरिम आदेश जारी गरेको थियो।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com