कोरोना महामारी : २०१६ जनामा संक्रमण पुष्टि, ३० को मृत्यु


प्रकाशित मिति : असार १२, २०७८ शनिबार

नेपालमा २४ घण्टामा २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

आरटी पिसिआर विधिबाट ४ हजार ७ सय ४ र एन्टिजेन विधिबाट ४ हजार ८ सय ६ जनामा गरिएको परीक्षणमा २ हजार १६ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३२ हजार ३ सय २६ (पिसिआर विधिबाट गरिएको परीक्षण) पुगेको छ।

यस्तै, २४ घण्टामा ४ हजार ९ सय १४ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म निको हुनेको संख्या ५ लाख ८१ हजार ३ सय २७ रहेको छ।

२४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ रहेको छ। नेपालमा संक्रमणमुक्त दर ९१ दशमलब ९ प्रतिशत रहेको छ भने मृत्युदर १.५ प्रतिशत रहेको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com