‘भेरोसेल’ को दोस्रो डोज असार २२ देखि दिइने


प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार

सरकारले कोरोना भाइरस संक्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाइने जनाएको हो।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले शुक्रबार सूचना जारी गर्दै ‘भेरोसेल’ को पहिलो डोज लगाएका तीन लाख ७० हजार ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाइने जानकारी दिए। गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो डोज दिइएको थियो। यसअघि पहिलो मात्रा लगाएकालाई समेत दोस्रो मात्राको खोप दिइने छ।

खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कार्ड अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ३१ हजार ६५३ जनाले दोस्रो र २५ लाख १९६ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन्।

गत फागुनको अन्तिम साता कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकहरुले भने चार महिना बितिसक्दासमेत दोस्रो डोज पाउन सकेका छैनन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com