कांग्रेस महाधिवेशन : सभापतिका आकांक्षीहरुले थाले तयारी


प्रकाशित मिति : असार ७, २०७८ सोमबार

नेपाली कांग्रेसका नेताहरुले आगामी भदौ १६–१९ मा तय भएको १४ औं महाधिवेशनको तयारी थालेका छन्। यसैक्रममा सभापतिका आकांक्षीहरुले आफूपक्षीय छलफललाई तीब्रता दिएका छन्।

शनिबार प्रदेश १ र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने आफूपक्षीय केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका शेरबहादुर देउवाले सोमबार कर्णाली, लुम्बिनी र सुदूर पश्चिमका केन्द्रीय सदस्यसँग छलफल गरे। उनले १४ औं महाधिवेशनमा आफैं दोहोरिने बताइरहेका छन्।

तर उनलाई चुनौती दिइरहेका छन् उपसभापति विमलेन्द्र निधिले। शनिबार र सोमबार दुवै दिनको छलफलमा निधिको उम्मेदवारीको विषयले प्रवेश पाएको थियो। संस्थापन पक्षबाटै निधिले पनि सभापतिमा लड्ने बताएपछि नकारात्मक सन्देश जानसक्ने भन्दै उनलाई फकाउन नेताहरूले देउवालाई सुझाव दिएका छन्।

शनिबार देउवासँगको भेटमा निधिले यसपटक आफूलाई अवसर दिन आग्रह गरेका थिए। जवाफमा देउवाले ‘सभापतिमा लड्ने तपाईंको अधिकार हो लडे हुन्छ,’ भन्ने जवाफ दिएका थिए। निधिले भने आफू लामो समयदेखि एउटै टिममा रहेकाले देउवाकै समर्थनमा सभापति लड्न चाहेको बताएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरुसँगको छलफलमा भने देउवाले निधिले मान्नेजस्तो नदेखिएको बताएका थिए। निधिले सभापतिमा उम्मेदवारी दिए संस्थापन समूह अप्ठ्यारोमा पर्नसक्ने चिन्ता नेताहरूले व्यक्त गरेका छन्। संस्थापन समूहलाई एक ढिक्का राख्न आग्रह गर्दै नेताहरूले यसका लागि पहल गर्न सुझाव दिएका छन्।

निधि पनि छलफलमा
सभापतिका आकांक्षी निधिले पनि नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन्। उनले महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग भेट गरेका थिए। कोइराला र सिंहले पनि आफूहरु सभापतिका दाबेदार भएको बताउँदै आएका छन्। निधिले सभापतिमा आफूलाई सहयोग गर्न कोइराला र सिंहलाई आग्रह गरेका थिए।

यस्तै, निधिले केन्द्रीय सदस्य धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, जीवन परियारलगायतका नेताहरूसँग पनि छलफल गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com