कोरोना संक्रमण घट्ने क्रम जारी, २२९७ मा संक्रमण पुष्टि, ४६ को मृत्यु


प्रकाशित मिति : असार ७, २०७८ सोमबार

नेपालमा कोरोना संक्रमण घट्ने क्रम जारी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार ५८३ पिसिआर र ४ हजार ३२१ नमुना परीक्षण गर्दा २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको हो।

पिसिआर विधिबाट गरिएको परीक्षणमा हालसम्म ६ लाख २२ हजार ६४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ।

सोमबार ३ हजार १३० संक्रमित निको भएका छन्। योसँगै नेपालमा निको हुने संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या पनि घटेको छ। सोमबार सक्रिय संक्रमितको संख्या ५३ हजार ९ सय ४० रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाले ज्यान गुमाएका छन्। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय ७२ पुगेको छ।

काठमाडौं उपत्यकामा पनि संक्रमण घट्दै गएको छ। पछिल्लो २४ घण्टामा उपत्यकामा ३७९ कोरोना संक्रमित फेला परेका छन्। जसमा काठमाडौंमा २८५, भक्तपुरमा ३३ र ललितपुरमा ६१ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com