उपत्यकाको निषेधाज्ञा ७ दिन थपियो, यी हुन् खुला हुने क्षेत्र


प्रकाशित मिति : असार ६, २०७८ आईतबार

काठमाडौं उपत्यकाको निषेधाज्ञा ७ दिन थपिएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले निषेधाज्ञा अवधि थप गर्ने निर्णय गरेको हो।

अब निजी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ भने सार्वजनिक सवारीसाधन सञ्चालन हुनेछैनन्। यस्तै, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई पनि सबै खुला हुनेछन्। तर त्यसका लागि जनशक्ति कम राखी भीडभाड कम हुनेगरी सञ्चालन हुने निर्णय बैठकले गरेको छ।

यस्तै, अब सबै पसलहरु खुला हुनेछन्। तर त्यसका लागि बार तोकिएको छ। पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि सोमबार रातिबाट सकिँदैछ। कोरोना संक्रमण नियन्त्रण गर्न उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो।

पूर्णविवरणका लागि तलको लिंक क्लिक गर्नुहोला

निषेधाज्ञा थप

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com