कांग्रेस महाधिवेशन भदौ १६–१९ मा हुने


प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार

नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका पारित गरेको छ । शुक्रबारको बैठकले आगामी भदौ १६–१९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको हो। गत शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गर्ने प्रस्ताव गरेको थियो।

संशोधित कार्यतालिकाअनुसार साउन १२ गते वडा, साउन १६ गते गाउँ-नगर र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन हुनेछ।

यसैगरी दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको क्षेत्रीय अधिवेशन साउन २६ गते, एकमात्र प्रतिनिधिसभा रहेको जिल्लाको क्षेत्रीय अधिवेशन २३ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्ने निर्णय भएको छ।

दुई दिनसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकले असारभित्र क्रियाशील सदस्यताको विषय टुंगो लगाउन छानबिन समितिलाई निर्देशन दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड
कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्र्धारण गरेको छ । पार्टी केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा जिल्लाबाट ‘इन्ट्री’ गरी नाम प्रस्ताव गर्दा नवीकरण गर्न छुट भएको अवस्थामा यही असार ९ गतेभित्र नवीकरण गर्न योग्य सदस्यका आवश्यक विवरण पठाउन मातहतका समितिलाई निर्देशन दिइएको छ।

पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्तावक समर्थक बनेका, पार्टी अनुशासनको कारवाहीमा परेका, पार्टी परित्याग गरेका र निधन भएकाको भने नवीकरण नहुने समिति सचिव केशव रिजालले जानकारी दिए।

समितिले क्रियाशील सदस्यता नवीकरण गर्न छुट भएको भए, नवीकरण गर्नुपर्ने सदस्यको नामावली विवरण र शुल्कसमेत समितिमा असार ९ गतेभित्र पठाउन सबै जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ-नगर पालिका कार्यसमिति र वडा कार्यसमितिलाई अनुरोध गरेको छ ।

विपक्षी गठबन्धनलाई थप बलियो बनाउने निर्णय
नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई थप बलियो बनाउने निर्णय गरेको छ। केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेट्ने निर्णयसमेत भएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

संविधान र लोकतन्त्र पक्षधर शक्तिलाई जोड्दै विपक्षी गठबन्धनलाई थप बलियो बनाएर प्रधानमन्त्री ओलीविरुद्ध वृहत मोर्चा बनाउने निष्कर्ष बैठकले निकालेको उनले बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com