२१ बर्ष नाघेका छोराछोरी, विवाहित छोराछोरी र दाजुभाई दिदीबहिनीलाई ग्रिनकार्ड पाउन ६ देखि १५ बर्ष


प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको जुलाई महिनाको भिसा बुलेटिन अनुशार ग्रिनकार्ड वाहकका २१ बर्षमाथिका अविवाहित छोराछोरीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि अहिले झण्डै ५ बर्ष १० महिना रहेको छ । अर्थात् यो श्रेणीमा अगस्त १५, २०१५ भन्दा अगाडि आवेदन दिएकाहरुले जुलाई महिनामा ग्रिनकार्ड पाउन सक्नेछन् । तर अमेरिकाभित्रै रहेको खण्डमा सेप्टेम्बर २२ , २०१६ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले जुलाईमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्छन् ।

अमेरिकन नागरिकका विवाहित छोराछोरीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि अहिले झण्डै १२ बर्ष ९ महिना रहेको छ । अर्थात् यो श्रेणीमा नोभेम्बर १ , २००८ भन्दा अगाडि आवेदन दिएकाहरुले जुलाई महिनामा  ग्रिनकार्ड पाउन सक्नेछन् । तर अमेरिकाभित्रै रहेको खण्डमा अगस्त २२, २००९ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले जुलाई महिनामा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्छन् ।

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि झण्डै साढे १४ बर्ष  रहेको छ । अर्थात् यो श्रेणीमा फरबरी ८ , २००७ भन्दा अगाडि आवेदन दिएकाहरुले जुलाई महिनामा  ग्रिनकार्ड पाउन सक्नेछन् । तर अमेरिकाभित्रै रहेको खण्डमा अक्टोबर १, २००७ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले जुलाई महिनामा  ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्छन् ।

जुलाई भिसा बुलेटिन: अमेरिकी नागरिकका २१ बर्ष नाघेका छोराछोरीलाई ग्रिनकार्ड पाउन ६ बर्ष ९ महिना

जुलाई महिनामा  पनि रोजगारीमा आधारित सबै श्रेणीका ग्रिनकार्डहरु करेन्ट रहेका छन् । अर्थात् अमेरिकाभित्र हुनेले यी श्रेणीका ग्रिनकार्डका लागि आई १४० का साथमा स्टाटस एड्जस्ट गर्ने आई ४८५ आवेदन समेत दिन सक्नेछन् । अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा नेशनल भिसा सेन्टरले भिसा करेन्ट हुने अवधि प्रतिक्षा गर्नुपर्नेछैन । तर अहिले नेशनल भिसा सेन्टरमा रहेको चर्को ब्याकलगका कारण भिसा प्रकृयामा ढिलाई भइरहेको छ ।

भिसा बुलेटिन: सबै डिभी विजेताको भिसा करेन्ट, अमेरिकामा हुनेले एड्जस्ट गर्नसक्ने, बाहिर हुने अन्यौलमा

रोजगारी वा परिवारमा आधारित ग्रिनकार्डका आवेदकले स्टाटस एड्जस्ट गर्ने आई ४८५ आवेदन दिइसकेपछि अमेरिकामा वर्क परमिट प्राप्त गरेर काम गर्न पाउँछन् भने एड्भान्स परोल लिएर अमेरिकाबाहिर यात्रा गर्न समेत सक्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com