जुलाई भिसा बुलेटिन: अमेरिकी नागरिकका २१ बर्ष नाघेका छोराछोरीलाई ग्रिनकार्ड पाउन ६ बर्ष ९ महिना


प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जुलाई महिनाको भिसा बुलेटिन जारी गरेको छ । जसमा विभिन्न श्रेणीमा ग्रिनकार्ड पाउन लाग्ने अवधि र ग्रिनकार्ड फाइल गर्न पाउने मिति उल्लेख गरिएको छ ।

ग्रिनकार्ड फाइल गर्ने व्यक्ति अमेरिकामा नै रहेको खण्डमा प्राथमिकता मितिका आधारमा स्टाटस एड्जस्टका लागि आई ४८५ फाइल गर्न सक्छन् । अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा भिसा बुलेटिनका आधारमा आफ्नो ग्रिनकार्डका लागि लाग्ने अवधि थाहा पाउन सक्छन् ।

जुलाईको भिसा बुलेटिन अनुशार अमेरिकन नागरिकका २१ बर्षमाथिका अविवाहित छोराछोरीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि अहिले झण्डै ६ बर्ष ९ महिना रहेको छ । अर्थात् यो श्रेणीमा नोभेम्बर १५, २०१४ भन्दा अगाडि आवेदन दिएकाहरुले जुलाई महिनामा ग्रिनकार्ड पाउन सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर अमेरिकाभित्रै रहेको खण्डमा १५ मे २०१६ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले जुलाईमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्छन् । जुनको भिसा बुलेटिनको तुलनामा यो अवधि झण्डै साढे २ महिना घटेको छ ।

भिसा बुलेटिन: सबै डिभी विजेताको भिसा करेन्ट, अमेरिकामा हुनेले एड्जस्ट गर्नसक्ने, बाहिर हुने अन्यौलमा

त्यस्तै ग्रिनकार्डबाहकका दम्पत्ति र २१ बर्ष ननाघेका छोराछोरीहरुका लागि जुलाई महिनामा पनि भिसा करेन्ट रहेको छ । अमेरिकामा हुनेहरुले आई १३० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न जुनमा पनि प्रतिक्षा गर्नुपर्दैन, एकसाथ फाइल गर्न सक्छन् । अमेरिकाबाहिर हुनेहरुको सन्दर्भमा नेशनल भिसा सेन्टरले भिसाको प्रतिक्षा नगरी सरासर प्रकृया अगाडि बढाउँछ ।

२१ बर्ष नाघेका छोराछोरी, विवाहित छोराछोरी र दाजुभाई दिदीबहिनीलाई ग्रिनकार्ड पाउन ६ देखि १५ बर्ष

कोरोनाको महामारी कारण कैयन अमेरिकी दूतावास र कन्सुलेटहरु बन्द वा सिमित क्षमतामा संचालन भइरहेकाले भिसा करेन्ट भइसकेका आवेदकलाई पनि भिसा जारी गर्नमा ढिलाई भइरहेको छ । विभिन्न श्रेणीमा भिसा करेन्ट भइसकेकाहरु दूतावासमा अन्तरवार्ता अप्वाइन्टमेन्टको प्रतिक्षामा रहेका छन् ।

दूतावासहरुले विभिन्न प्राथमिकताका आधारमा भिसा जारी गरिरहेका छन् । जसमा अमेरिकी नागरिकका परिवारको भिसालाई उच्च प्राथमिकता दिइएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com