उच्च गर्मीको चपेटामा अमेरिकाको पश्चिम क्षेत्र, १२४ डिग्री फरेनहाइटसम्म तापक्रम मापन


प्रकाशित मिति : असार २, २०७८ बुधबार

विगतका कैयन रेकर्डहरु समेत तोड्दै अमेरिकाको पश्चिम क्षेत्रमा उच्च गर्मी सुरु भएको छ । मंगलबार साल्ट लेक सिटी लगायतका कैयन सिटीहरुमा तापक्रम उच्च भयो भने दक्षिणपश्चिम क्षेत्रका कैयन सिटीहरु उच्च तापक्रमको चपेटामा परे ।

पश्चिम क्षेत्रका झण्डै ४० मिलियनले एकसयडिग्री फरेनहाटइभन्दा उच्च तापक्रमको सामना गर्नुपर्ने अवस्था रहेको छ भने कतिपय सिटीहरुमा तापक्रम ११० डिग्री फरेनहाइटसम्म पुग्दैछ । क्यालिफोर्नियाका कैयन स्थान र दक्षिणपश्चिम क्षेत्रमा कैयन भागमा बुधबारदेखि शुक्रबारसम्म उच्च गर्मी हुने जनाइएको छ । जसले विगतका रेकर्डसमेत तोडिने छन् ।

क्यालिफोर्निया, एरिजोना, युटाह र मोन्टाना लगायतका क्षेत्रमा जंगलमा लागेको आगोका कारण अझ तातोको सामना गर्नुपर्ने र हड्डी सुकाउने सापेक्षित आद्रताको सामना गर्नुपर्ने सम्भावना रहेको छ । लास भेगासमा कार्यालय रहेको राष्ट्रिय मौषम सेवाले यो स्तरको अत्यन्तै खरतनाक रहेको भन्दै सर्वसाधारणहरुलाई चिसोमा बस्न सुझाव दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार साल्ट लेक सिटीको तापक्रम १०७ डिग्री फरेनहाइट पुगेको थियो भने डेनभरको तापक्रम १०१ डिग्री फरेनहाइट पुग्यो । डेनभरमा सन् १९५२ र सन् १९९३ मा दिउसोको तापक्रम ९७ डिग्री फरेनहाइटसम्म पुगेकोमा उक्त रेकर्ड तोडिएको छ ।

मोन्टानाको बिलिंग्समा मंगलबार तापक्रम १०८ डिग्री फरेनहाइटसम्म पुग्यो । सन् २००२ को जुलाई १४ मा पनि यो सिटीमा १०८ डिग्री फरेनहाइटसम्म तापक्रम पुगेको थियो । वायोमिंगको लारोमीमा ९४ डिग्री फरेनहाइट तापक्रम पुग्दा शेरिडनमा रेकर्ड तोड्दै १०७ डिग्री फरेनहाइटसम्म ताफक्रम पुग्यो । क्यास्परमा १०१ डिग्री तापक्रम पुगेको छ ।

क्यालिफोर्नियाको डेथ भ्यालीमा १२४ दशमलव १ डिग्री फरेनहाइट तापक्रम मापन गरिएको छ भने निडल्समा १२१ डिग्री फरेनहाइट तापक्रम मापन गरिएको छ । त्यस्तै क्यालिफोर्नियाकै पाल्म स्प्रींगमा १२१ डिग्री फरेनहाइटसम्म तापक्रम पुगेको छ । लस भेगासमा तापक्रम ११४ डिग्री फरेनहाइटसम्म पुगेको छ । सन् १९४० मा लस भेगासमा ११६ डिग्री पुगेको थियो ।

एरिजोनाको फिनिक्समा तापक्रम ११५ डिग्री फरेनहाइट पुगेको छ । सन् १९७४ को रेकर्डलाई म्याच गर्दै यो बिन्दुमा तापक्रम पुगेको हो । बुधबारपनि यी क्षेत्रहरुको तापक्रम उच्च मापन गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com