उपचारका लागि दिल्ली जानुअघि झलनाथ खनालले भने–पार्टीलाई फुटबाट जोगाऔं


प्रकाशित मिति : असार २, २०७८ बुधबार

g]tf vgfnnfO{ :jf:Yonfesf] sfdgf sf7df8f}F, @ c;f/ M yk pkrf/sf nflu ef/tsf] gofF lbNnL hfg’cl3 jl/i7 g]tf emngfy vgfnnfO{ yfkfynLl:yt gle{s OG6/g]zgn c:ktfndf e]6]/ :jf:Yonfesf] sfdgf ub{} g]skf -Pdfn]_sf dxf;lrj O{Zj/ kf]v/]n . t:jL/ ;f}hGo M dxf;lrj kf]v/]nsf] ;lrjfno÷ /f;;

एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन आह्वान गरेका छन्। स्वास्थ्य उपचारका लागि बुधबार भारतको नयाँदिल्ली जानुअघि उनले विज्ञप्ति जारी गरी एकता सफलताको र फुट विनासकाे बाटो भएकाले पार्टीलाई फुटबाट जोगाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी एकता जोगाउनुपर्ने उनको भनाइ छ। ‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्न सकेमा भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं,’ उनले भनेका छन्, ‘त्यसैले टुट–फुट र विभाजन होइन एकता गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु।’

उनले एमाले पार्टी सयौँ शहीदको बलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भूमिगत जीवनको सङ्घर्ष, त्याग र तपस्याको कारण सफलताको यो बिन्दूसम्म आइपुगेको उल्लेख गरेका छन्।

पूर्वप्रधानमन्त्री खनालले एमाले पार्टी देशको नेतृत्वदायी पार्टी बनोस्, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस् र बन्नेछ भन्ने अपेक्षा राखेको जनाउँदै भनेका छन्, ‘तर जनताको चाहना र अपेक्षाविपरित हामीमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले देश, लोकतन्त्र र पार्टीको अहिलेको अवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको उल्लेख गर्दै विगतमा सबै मिलेर हासिल गरेका ठूला सफलतालाई स्मरण गर्न समेत आग्रह गरेका छन्।

‘देशको बिथोलिएको वर्तमान राजनीतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । दलहरु विवाद र ध्रुवीकरणले विभाजन उन्मुख भएका छन्,’ उनले भनेका छन्, ‘त्यही अन्तर सङ्घर्षको पराकम्पन हाम्रो तत्कालीन पार्टी नेकपामा प¥यो र अहिले एमालेमा परिरहेको छ।’
नेता खनालले राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाका रुपमा रहेका दलहरुभित्र विभाजन आउनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ति दुर्भाग्यपूर्ण अवस्था रहेको उल्लेख गरेका छन्।

उनले सबै एकजुट भएर मुलुकका मुलभूत समस्या समाधान गर्न सबैलाई आग्रहसमेत गरे।देशका प्रमुख दलहरु र तिनका नेताहरुबीचको अनावश्यक टकराव, महत्वाकांक्षा र व्यक्तिगत इगो साँध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्ने उनको भनाइ छ।

उपचारपछि छिट्टै फर्कने
नेता खनालले भारतमा उपचारपछि आफू छिट्टै फर्कने विश्वास व्यक्त गरेका छन्। ‘सफल उपचारपछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु,’ उनले भनेका छन्।

उनले उपचारका क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाहमा आफू उपचारका लागि केही दिनका लागि देश बाहिर जान थालेको समेत बताए।

नेता खनाललाई बुधबार अपरान्ह नेपाल वायु सेवा निगमको जहाजबाट भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि लगिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com