देशभर बाढी र पहिरो : सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु, मनाङमा ३५ घर क्षतिग्रस्त


प्रकाशित मिति : असार २, २०७८ बुधबार

अविरल वर्षापछि सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची खोलामा आएको बाढीमा परी सात जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले सात जनाको मृत्यु भएको जानकारी प्राप्त भएको र उद्धार जारी रहेको जनाएका छन्।

बाढीमा परी ४० जनाभन्दा बढी बेपत्ता भएको जनाइएको छ। यद्यपि बाढीबाट भएको मानवीय र भौतिक क्षतिको यकिन विवरण हालसम्म प्राप्त भएको छैन।

बाढीले सिन्धुपाल्चोकको तिम्बु बजार, चनौटे बजार, तालामाराङ तथा मेलम्ची बजारमा बढी असर पुगेको छ। मेलम्चीको बाढीले हेलम्बुस्थित सशस्त्र प्रहरीको क्याम्प बगाएको छ। हेलम्बु गाउँपालिकाको किउलमा रहेको ट्राउट फर्म बगाएको छ।

बाढीले मेलम्ची खानेपानी आयोजना तथा नेशनल हाइड्रोपावरको बाँध पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने जिल्लाको उत्तरी भाग तिपेनीबजार तथा पाँचपोखरी जोड्ने पक्की पुल बगाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, बाढी तथा पहिरोबाट मनाङमा करिब ३५ घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अर्जुनध्वज अधिकारीका अनुसार सरकारी तथा निजी गरी ३५ घरमा क्षति पुगेको छ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले मानिसहरु भागाभागको स्थिति रहेकाले क्षतिको यकिन तथ्यांक संकलन हुन नसकेको बताए। उनका अनुसार मानवीय क्षति भने भएको छैन।

‘जिल्लास्थित सेना, प्रहरी, सशस्त्रलगायतका सुरक्षा निकायबाट उद्दारको प्रयास भइरहेको छ, ठाउँठाउँमा पहिरो छन्, हुलाक कार्यालय क्षतिग्रस्त छ,’ उनले भने।

लमजुङमा १४ घर बगायो
यस्तै, दोर्दीखोलामा आएको बाढीले लमजुङको दोर्दी गाउँपालिका–८ हिलेबजार क्षेत्रका १४ घर बगाएको छ । १ सय २० घर रहेको उक्त क्षेत्र नै बाढीको उच्च जोखिममा छ। घर बगाएका र उच्च जोखिममा रहेकालाई फलेनी माविको भवनमा राखिएको छ।

गृह मन्त्रालयले भन्यो– तीनको मृत्यु, ११ बेपत्ता
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले भने बाढी पहिरोमा परेर मुलुकका विभिन्न जिल्लामा तीन जनाको मृत्यु हुनाको साथै ११ जना बेपत्ता भएको जनाएको छ।

केन्द्रका प्रमुख दिलकुमार तामाङले बाजुरा, पाल्पा र सिन्धुपाल्चोकमा एक/एक जनाको मृत्यु भएको जानकारी दिए। सिन्धुपाल्चोकमा सात जना हराइरहेका छन्। यस्तै सल्यान, बाजुरा, गोरखा, जाजरकोटमा पनि मानिस हराइरहेका उनले बताए। अन्य विवरण सङ्कलन जारी रहेको केन्द्रले जनाएको छ।

बाढी पहिरामा फसेकाको उद्धार, पीडितलाई राहत सामग्री वितरण तथा सुरक्षित बासस्थानमा व्यवस्था गर्न लागिएको तामाङले जानकारी दिए। उनका अनुसार सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रबाट बिहान सेनाको हेलिकप्टरमार्फत २६ जनाको उद्धार गरिएको छ।

त्यस क्षेत्रका लागि एक ट्रक राहत सामग्री काठमाडौँबाट पठाइसकिएको तामाङले जानकारी दिए। अब मनाङका लागि हेलिकप्टरबाट राहत पठाउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ । त्यहाँ बाढीका कारण जोखिममा रहेका ५०० जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । नेपालमा यही जेठ २८ गतेदेखि मनसुन प्रवेश गरेको थियो । त्यसयता लगातार पानी पर्दै आएको छ । यस वर्ष औषतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com