देशभर वर्षा, बाढी र पहिरोले नौ सडक पूर्ण रुपमा अवरुद्ध


प्रकाशित मिति : असार १, २०७८ मंगलबार

n’lDagL,! c;f/ M nuftf/ k/]sf] jiff{sf] sf/0f ?kGb]xLsf] ltgfp gbLdf cfPsf] af9L . af9Ln] gbL tl6o If]qdf a:tL hf]lvddf kg]{ vt/f /x]sfn] :yfgLo k|zf;gn] ;hu /xg hfgsf/L u/fPsf] 5 . t:jL/M e/t s]=;L=, /f;;

केही दिन यता निरन्तर भइरहेको वर्षाका कारण बाढी र पहिरोले नौ सडक पूर्ण रुपमा अवरुद्ध भएका छन्। तीन सडक एकातर्फबाट मात्रै सुचारु छन्।

पूर्व–पश्चिम राजमार्गको गै‌ंडाकोट, धुस्सी सडक मंगलबार अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गको पाल्पामा गौडेपुल, धुम्सी सडक र साँफेबगर–मार्तडी–कोल्टी सडक बार्जुगाड र बल्दे–अम्कोट सडक सोमबारदेखि अवरुद्ध भएका छन्। त्यस्तै, डुम्रे–बेशीसहर–चामे सडक तिमाङ छहरा जेठ १६ गते अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन। तानसेन–रिडि कोरला सडक पनि मंगलबार नै अवरुद्ध भएको छ।
कर्णाली राजमार्गको कालाखाला सैन र दरबारे बोटखाला सडक खण्ड मंगलबार अवरुद्ध भएको छ । खोड्पे–चैनपुर सडक दोल्यामोड, कचाली पनि अवरुद्ध बनेको छ ।

डिभिजन सडक कार्यालयहरुले विभिन्न सडक खण्डमा सडक पूरै वा आंशिक रुपमा सुचारु गरिरहेको सडक विभागले जनाएको छ । कालीकोटको बालीघाट, धनाडा, भिग्म सडक, दैलेखको बाङ्गेसिमल, कालाखाला सडकखण्ड र सिद्धार्थ राजमार्गको सिपपलडाँडामा एकातर्फबाट सडक खुलाइएको छ।

नारायणीले पार गर्‍यो खतराको विन्दु
निरन्तरको वर्षाका कारण नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ। जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार मंगलबार अपराह्न ४ बजेदेखि पानीको वहाव बढ्दै गएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नारायणीमा पानीको वहाव मंगलबार साँझ ८:३० बजे ९.८७ मिटर पुगेको थियो। केन्द्रका अनुसार नदीमा पानीको वहाव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको बुझिन्छ। गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९.९१ मिटर पुगेको थियो, जुन ४४ वर्ष यताकै बढी हो ।

नारायणीसँगै राप्ती र रिउ खोलामा पानीको वहाब वढ्दै गएकाले नदी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा गई बस्न जिल्ला प्रशासन कार्यालले आग्रह गरेको छ । कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा पानीको वहाव बढेका समयमा दाउरा टिप्न र माछा मार्न भन्दै नदीमा नपस्न अनुरोध गरिएको छ । यस्तै औषधि, खाद्यान्न र महत्वपूर्ण कागज झोलामा तयारी अवस्थामा राख्न पनि तटीय क्षेत्रबासीलाई आग्रह गरिएको छ।

नारायणीका कारण भरतपुर महानगरपालिका वडा नं १६, २६, २७ र २८ र राप्ती नदीबाट वडा नम्बर २२ र २३ मा बढी असर पर्ने गरेको छ । त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । महानगरका वडा नं २६ र २७ का हिरापुर, सिसई, न्यूरेनीलगायत ठाउँमा नारायणी तटबन्ध पार गरी मानव बस्तीतर्फ छिर्न शुरु गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com