बेलायतले मेडिकल सहायतासहितको उडान बिहीबार नेपाल पठाउने


प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार

नेपाललाई कोभिड महामारीविरुद्धको लडाईंमा सघाउन बेलायत सरकारले आफ्नो सहायता पठाउने भएको छ ।

बेलायत सरकारले मेडिकल टोली र सहायतासहितको आफ्नो उडान नेपाल पठाउन लागेको लन्डनस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।उक्त  उडानमा पठाउन लागिएको सहायताको  पूर्ण विवरण अझै उपलब्ध भइनसकेको दूतावासको भनाइ छ ।

यसअघि बेलायत सरकारका एक मन्त्रीले गतसाता बेलायती सेनाको मेडिकल टोली नेपाल पठाउने तयारी रहेको बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोभिड महामारीको दोस्रो लहरसँग जुधिरहेको नेपालले यसअघि विभिन्न माध्यमबाट बेलायतसँग सहयोग माग गरिसकेको छ ।

बेलायतस्थित नेपाली समुदायका अगुवहरुले पनि यहाँका काउन्सिलर, सांसदसहितका जनप्रतिनिधिमार्फत् बेलायत सरकारको सहयोग दिलाउने कोशिश् गरेका छन् ।

एनआरएनए यूकेको संयोजनमा बेलायतस्थित नेपाली संघसंस्थाहरु समेतको सहयोगमा बेलायतवासी नेपालीहरु अहिले नेपाललाई अक्सिजन कन्सन्ट्रेटर पठाउने अभियानमा पनि जुटेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com