अब काठमाडौंमा लकडाउनका नियम उल्लंघन गर्नेहरुलाई ५ लाखसम्म जरिवाना र १ बर्षसम्म कैद


प्रकाशित मिति : जेष्ठ १०, २०७८ सोमबार

अब काठमाडौंमा लकडाउनका नियम उल्लंघन गर्नेहरुलाई ५ लाखसम्म जरिवाना र १ बर्षसम्म कैद हुने भएको छ भने मास्क नलगाई हिड्नेहरुलाई पनि जरिवाना गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ का सन्दर्भमा सार्वजनिक जानकारी प्रकाशित गर्दै अध्यादेश बमोजिमको कुनै काम गर्न बाधा अवरोध श्रृजना गरेमा एकबर्षसम्म कैद वा ५ लाख रुपैयासम्म जरिवाना वा दुबै सजाय हुने चेतावनी दिएको छ । त्यस्तै अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयासम्म जरिवाना वा दुबै सजाय हुने चेतावनी दिइएको छ ।

अध्यादेश बमोजिम जारी भएको आदेश पालना गर्नुपर्ने र कुनै व्यक्तिले उक्त आदेश उल्लंघन गरेमा एकलाख रुपैयासम्म र कुनै संस्थाले उल्लंघन गरेमा ५ लाख रुपैयासम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुनसक्ने सुचनामा उल्लेख छ । त्यस्तै मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे १ सय रुपैया जरिवाना, मानिसको आवतजावत रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लंघन गरेमा पटकै पिच्छे २ सय जरिवाना गरिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सवारी साधनको आवतजावतमा रोक लगाइएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमति विना वा सुरक्षाकर्मीलाई सुचना नदिई वा विरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएमा पटकैपिच्छे दुई पाँगे्र सवारी साधन भएमा २ हजार रुपैया र अन्य सवारी साधन भए ५ हजार रुपैया तत्कालै सुरक्षाकर्मीले जरिवाना गर्नेछन् । यस प्रकारको सवारी साधन पनि सुरक्षाकर्मीले निश्चित अवधिसम्म नियन्त्रणमा लिने समेत जनाइएको छ ।

अध्यादेश विपरितको काम गर्ने संस्था वा व्यवसायलाई उल्लेखित सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्मका लागि बन्द गर्ने आदेश समेत दिनसक्ने भएका छन् ।

अध्यादेशमा के छ ?

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको उक्त अध्यादेशमा स्वास्थ्य संकटकाल लगाउन सक्ने सम्मको व्यवस्था गरिएको छ ।

अध्यादेशमा वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पताल बनाउने र त्यसको व्यवस्थापनमा नेतृत्व सहसचिव वा ११ औं तहका अधिकृत वा वरिष्ठ चिकित्सकलाई दिइने उल्लेख छ । अध्यादेशमै १२ औं तहका अधिकृतको नेतृत्वमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र गठन गर्ने प्रावधान पनि छ ।

 

 

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीकै नेतृत्वमा कोभिड–१९ निर्देशक समिति रहने प्रावधान राखेको छ । प्रधानमन्त्रीमातहतको निर्देशक समितिअन्तर्गत काम गर्ने गरी ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र’ राखिएको छ । यो केन्द्रको प्रमुखमा बाह्रौं तहका स्वास्थ्य सेवाका अधिकृत रहने प्रावधान छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com