ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर


प्रकाशित मिति : जेष्ठ १२, २०७४ शुक्रबार

इनरुवा, १२ जेठ । सुनसरीको इनरुवा–९ बबियामा बिहीबार ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बबिया–९ बस्ने सजार खाँ रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । सोही घटनामा परी स्थानीय सरुख खाँ गम्भीर घाइते भएका छन् ।

बबिया शुक्रबारे हाटबाट सत्तैरझोरा जाँदै गरेको को २ त २७६८ नंको ट्र्याक्टर अनियन्त्रित भई होली पुलमा दुर्घटना हँुदा सजार र सरुख गम्भीर घाइते भएका तथा उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएकोमा उचारका क्रममा सजारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोही घटनामा परी गम्भीर घाइते भएका सरुखको ढाड र खुट्टामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com