इटलीमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ्दै, १५९ को मृत्यु , सयौं घाइते


प्रकाशित मिति : भाद्र ९, २०७३ बिहीबार

इटलीमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या १५९ पुगेको र सयौं  घाइते भएको  जनाइएको छ ।  भूकम्पमा हजारौं घरबारबिहिन भएको रोयटर्सले जनाएको छ । मध्य इटलीमा गएको भूकम्प ६ दशमलव २ रेक्टर स्केलको भएको युएस जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पमा कैयन व्यक्ति भत्केका घरहरुभित्र फसेका थिए ।

स्थानीय समय अनुशार विहान ३ बजेर ३६ मिनेटमा भूकम्प गएको थियो ।

मध्य इटालियन शहर अकुमोलीमा पुरिएर एउटै घरका चारजनाको ज्यान गएको छ । ९ बर्ष र ८ महिनाका दुईजना बच्चाहरु उनीहरुका बाबुआमासँगै घरभित्र पुरिएका थिए । उद्दारकर्ताहरुले ८ महिनाको बच्चालाई कम्बलमा बेरेको अवस्थामा शव फेला पारेका थिए । बालककी हजुरआमाले रुदै भनिन् – ‘भगवानले सबैजनालाई एकैपटक लग्यो ।’

उद्दारका लागि सरकारले २६५ मिलियन डलरको आपतकालिन रकम निकाशा गरेको छ भने सेना परिचालन गरिएको छ । भूकम्पबाट इटलीका कैयन ऐतिहासिक शहरहरु ध्वस्त भएका छन् । अकुमोलीका मेयरका अनुशार त्यसक्षेत्रमा २५ सय भन्दा धेरै व्यक्ति घरबारबिहिन भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ठूलो भूकम्पको झण्डै एकघण्टापछि ५ दशमलव ५ म्याग्निच्युटको पराकम्प गएको थियो । त्यसपछि झण्डै ६० वटा पराकम्पनहरु गइसकेका छन् ।  सन् २००९ मा इटलीमा गएको भूकम्पमा ३ सय भन्दा धेरैको ज्यान गएको थियो ।

People walk along the road following a quake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli TPX IMAGES OF THE DAY

People stand along the road following a quake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli

People stand along a road following a quake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli TPX IMAGES OF THE DAY

Rescuers works after a quake hit Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli

A woman (2nd L) cries after been rescued from her home following a quake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli TPX IMAGES OF THE DAY

A man is carried away after having been rescued alive from the ruins following an earthquake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli

Rescuers carry a person on a stretcher following a quake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli

A bust is seen on the ground following an earthquake in Accumoli di Rieti, central Italy, August 24, 2016. REUTERS/Steve Scherer

A man is rescued alive from the ruins following an earthquake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli

तस्विरहरु : रोयटर्स

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com