चीन र अमेरिकाका वैज्ञानिकहरु मिलेर मानव र बाँदरका सेलको मिश्रणबाट भ्रुणको विकाश


प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार

चीन र अमेरिकाका वैज्ञानिकहरु मिलेर इतिहासमा नै पहिलोपटक मानव र बाँदरका सेलको मिश्रण गरेर भ्रुणको विकाश गरेका छन् । उक्त भ्रुणका बारेमा वैज्ञानिक जर्नल सेलमा विस्तृत विवरण प्रकाशित भएको छ ।

मान्छेलाई आवश्यक पर्ने अंगहरु प्रत्यारोपण गर्नका लागि वैज्ञानिकहरुले नयाँ बाटो खोजेका हुन् । मानव र बाँदरको सेल मिश्रण गरेर बनाइएको भ्रुणबाट बनेको जीवको अंग भविश्यमा मान्छेमा प्रत्यारोपण गर्न सकिने आशा गरिएको छ ।

शोधकर्ताहरुले मान्छेबाट आईएसपी सेलका रुपमा चिनिने २५ स्टीम सेलहरु मकाक बाँदरको भु्रणमा छिराएका थिए । त्यसपछि वैज्ञानिकहरुले उक्त भु्रणलाई टेस्ट ट्युबमा बृद्धि गरेका थिए । मान्छे र बाँदरको सेलले एकअर्कामा कसरी संचार गर्छ भन्ने थाहा पाउन २० दिनसम्म टेस्ट ट्युबमा भु्रणको बृद्धि गरिएको थियो ।

बाँदरले मान्छेका अंगहरु विकाश गर्छ वा गर्दैन भन्ने थाहा पाउनका लागि यो परीक्षण गरिएको थियो । हजारौं व्यक्तिको अंग प्रत्यारोपणका लागि कुर्दा कुर्दै मृत्यु हुने भएकाले बाँदरले मान्छेका अंग विकाश गरेमा यो स्वास्थ्य विज्ञानका क्षेत्रमा चमत्कार हुनेछ ।

हालैका बर्षहरुमा वैज्ञानिकहरुले मान्छेका स्टीम सेलहरु भेंडा र सुंगुरको भु्रणमा हालेर पनि यसको परीक्षण गरिरहेका छन् । भेंडा र सुंगुरले मान्छेका अंग विकाश गर्न सक्छ वा सक्दैन भन्ने परीक्षणका लागि यसो गरिएपनि यो अहिलेसम्म असफल हुँदै आएको छ ।

अहिले भने बैज्ञानिकहरुले बाँदरको छनौट गरेका हुन् । बाँदरहरु आनुवंशिक रुपमा मान्छेको नजिक हुने भएकाले बाँदरमा यस्तो परीक्षण गरिएको वैज्ञानिकको भनाई छ । एकदिनमा नै १३२ भु्रणहरुमा मान्छेको सेलको विकाश भएको पाइएको शोधकर्ताहरुले बताएका छन् ।

यद्यपी अधिंकाश भु्रणहरुको भने २० दिनको परीक्षणमा मृत्यु भएको जनाइएको छ । उनीहरुमा ४ देखि ७ प्रतिशत मानव सेलमात्र बाँच्न सफल भएको जनाइएको छ । वैज्ञानिकहरुले यो सोधमा उल्लेख्य प्रगति भएको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com