आज काठमाडौं विश्वकै वायु प्रदूषित शहरको १ नम्बर सूचीमा


प्रकाशित मिति : चैत्र २३, २०७७ सोमबार

काठमाडौं उपत्यकासहितका केही शहरहरुमा वायु प्रदूषण ह्वात्तै बढेपछि आज बिहान काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ। केही दिन सुधार आए पनि फेरि वायु प्रदूषण बढेको हो ।

आज काठमाडौंको वायु प्रदूषण ३०९ एक्युआई पुगेको छ। यो अवस्था स्वास्थ्यका लागि अत्यन्तै घातक मानिन्छ ।

त्यसैगरी चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर ३०० एक्युआई भन्दामाथि पुगेको छ। काठमाडौंको आकाशलाई तुवाँलोले ढाकेको छ।

काठमाडौं उपत्यकाको भिजिबिलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसअघि पनि काठमाडौंको बायुमण्डललाई करिब एक सातासम्म तुवाँलोले ढाकेको थियो। तुवाँलो लाग्नुको मुख्य कारण देशका विभिन्न भेगमा लागेको डढेलो रहेको विभागले जनाएको छ ।

वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७०० भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com