बच्चालाई अमेरिकी भिसा, आवेदन, भिसा शुल्क र अन्तरवार्ताबारे ५ प्रश्न


प्रकाशित मिति : चैत्र २३, २०७७ सोमबार

प्रश्न: बच्चाहरुलाई भिसा चाहिन्छ?

उत्तर: बच्चाहरु लगायत सबै यात्रीलाई, संयुक्त राज्य अमेरिकाको यात्रा गर्न भिसा चाहिन्छ या भिसा छूट कार्यक्रम जस्तो विशेष कार्यक्रमको माध्यमबाट भिसा बिना यात्रा गर्न योग्य हुनुपर्छ।

प्रश्न: बच्चाहरुले वयस्कहरु जस्तै आवेदन शुल्क तिर्नुपर्छ?

उत्तर: पर्छ।

प्रश्न: बच्चाहरुलाई अन्तर्वाताको मिति तय गर्न खाँचो छ?

उत्तर: हरेक आवेदकलाई एउटा अन्तर्वाताको आवश्यकता छ।

प्रश्न: सबै बच्चाहरुले अन्तर्वाताको लागि व्यक्तिगत रुपमा आउनु पर्छ?

उत्तर: हो, सबै बच्चाहरुले अन्तर्वाताको  लागि व्यक्तिगत रुपमा आउनै पर्छ।

प्रश्न: आमाबाबु वा कानुनी अभिभावक बच्चाको अन्तर्वाताको लागि उपस्थित हुन आवश्यक छ?

उत्तर: हो, १८ वर्षमुनिका सबै निवेदकहरुका आमाबाबु वा कानुनी अभिभावक अन्तर्वातामा सँगै हुनु आवश्यक छ। कानुनी अभिभावकसँग कानुनी अभिभावक तोकिएको वकीलले दिएको अधिकारपत्र हुनु आवश्यक छ। अधिकारपत्रमा आमाबाबुले हस्ताक्षर गरेर नोटरी गराउन आवश्यक छ।

श्रोत: युएस ट्राभलडक्स

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com