तर्क : एमाले अनैतिकहरुको हुँदा मात्रै केपी ओलीहरु सफल हुने


प्रकाशित मिति : चैत्र १४, २०७७ शनिबार

– राधाकृष्ण देउजा

एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विचमा भएको आलोपालो सत्ताको नेतृत्व सहितको सहमतिको आधारमा भएको दुई पार्टी एकतालाई एकता सहमति गर्ने दुइ जना दुइ समुहमा विभक्त भएर चर्को विवाद गर्दै रहेको समयमा अत्यन्त अनौठो हिसाबले अदालतले अमान्य घोषित गरेर दुवै पार्टीलाई पूर्ववत अवस्थामा फर्काए पछि दुइ मध्य एमालेमा चाहिं थप अन्योल र विवाद थपिएको छ । दुखका साथ लेख्नु पर्छ तर सत्य के हो भने एमालेमा सुरु भएको विवाद र त्यसले सिर्जना गरको अन्योलको मुख्य कारक चाहिं त्यसै पार्टीको अध्यक्ष केपी ओली र उहाँमा रहेको दम्भ र विस्तारै प्रस्फुटित हुँदै गएको अधिनायकवादी व्यक्तित्व हो ।

उहाँको निरन्तरको क्रियाकलापहरुलाई हेर्ने हो भने उहाँमा सामुहिक नेतृत्वको सोच नै छैन भन्ने स्पष्ट भएको छ । उहाँले गरेका कामहरु र बोल्ने गर्नु भएको अभिव्यक्ति हेर्ने हो भने पार्टी प्रमुखको निर्णय नै पार्टी निर्णय हो भन्ने नै देखिन्छ अर्थात कमिटि र त्यसका सदस्यहरुको कुनै अर्थ छैन । उहाँको त्यही सोँचले गर्दा दुइ पार्टीहरु मिलेर बनेको नेकपाले कहिले पनि पार्टी बन्न सकेन । पार्टी मिलिसक्दा पनि पुर्व पार्टीहरुको धंगधंगी बाँकी राख्ने र आवश्यकता पर्दा त्यसको दुवाही दिने काम उहाँ र उहाँका कार्यकर्ताहरुले गर्दै आएकै हो । त्यसको सबै भन्दा ठुलो प्रमाण त एकै पार्टी भैसके पछि मुद्दाको आधारमा देखिएका स्वाभाविक समीकरणहरुलाई आधार मानेर “ ल हेर फलानोले माओवादीलाई बोक्यो” भन्ने वा त्यसभन्दा तल्लो दर्जाको प्रतिक्रिया दिने काम पनि उहाँ र उहाँको कोटरी बाट भइरह्यो ।

यसरी निरन्तर म नै सवै हुँ भन्ने उहाँको शैलीको विरुद्ध नेकपामा उहाँ विरुद्ध सशक्त आवाज बुलन्द हुँदै गर्दा उहाँले त आफुलाई संविधान भन्दा माथि ठानेर संविधानमा नभएको अधिकार प्रयोग गरेर जननिर्वाचित संसदलाई नै असमयमा विगठन गरिदिनु भयो , धन्न उहाँको त्यस असंवैधानिक कदमलाई सर्वोच्च अदालतले उल्टाई दियो । जव अदालतले उहाँको कदमलाई उल्ट्यायो त्यस पछि नैतिकताको आधारमा राजीनामा गर्नु होला भन्ने धेरैको अपेक्षा थियो तर उहाँले त्यो नैतिकता देखाउन सक्नु भएन । झन जव अदालतले उहाँ सहितको अग्रसरता र उहाँ समेतको दस्तखतले सम्पन्न एकता भतकाएर एमाले माओवादी वीउंत्यायो तव आफुले गरको सहमति , त्यसो गर्दै गर्दा बाँडेको सपनाहरु सम्झेर एकता जोगाउन कानुनि बाटो खोज्ने भन्दा जुटेको पार्टी फुटेकोमा हर्ष उल्लास गर्न तिर लाग्नु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जसले गर्दा पार्टी एकतालाई उहाँको सत्तारोहणको भर्याङ्ग बनाउने उहाँको मनसाय स्पष्ट भएकै छ । त्यति मात्रै हैन जव आफैंले सहमति गरेर बनाएको पार्टी फुट्यो तव एउटा परिस्थितिले पुनर्जीवित एमाले पार्टीलाई पनि एकीकृत रही राख्न नदिने खेलमा लाग्नु भएको प्रष्ट देखियो । जसको कारणले पार्टी एकता पुर्व नवौं वैठक गरेर सकिएको पार्टीको दशौँ र एघारौँ बैठकनै नगरिकन , वैठक भएको भन्दै त्यस हुँदै नभएको वैठकको निर्णय भन्दै महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाउने , मनलाग्दी मनोनयन गर्ने लगायतका काम गर्नु भयो । अनि विधि विधान सवैको उल्लङ्घन गरेर आफु प्रति उत्तरदायीहरुको वहुमत हुने ग्यारेण्टी गरेर वैठक आव्हान गर्नु भयो , जसलाई विधि पद्दतिका हिमायतीहरुले मान्ने कुरै हुदैन थियो । जव फेरी एकपटक उहाँको गलत निर्णयको सशक्त विरोध हुने अवस्था बन्यो तव उहाँको कथित कारवाहीको हौवा पिटर अगाडी बढनु भएको छ । कारवाहि पनि उनीहरुलाई जसले दुख गरेर एमाले बनाए अनि कष्ट गरेर एमाले टिकाए अनि अहिले पनि एमालेको आदर्शलाई जीवन बनाइरहेका छन ।

उहाँहरुले सक्ने हो भने उहाँहरुको विरोधीहरुलाई कारवाही मात्रै हैन अरु धेरै गर्नु हुनेछ तर अहिलेको समयमा उहाँहरुको अधिनायकवाद जसरि पार्टी वाहिर टिक्न सकेन , त्यो भित्र पनि चल्न सक्नेछैन । हो , अहिले सत्ता र शक्तिको राप र चापले गोवाल्स शैलीमा जतासुकै केपी ओली र उहाँहरुकै वोलवाला रहेको सन्देश प्रवाह गरिएको छ , त्यसले केहि भ्रम पनि सिर्जना गरेकै छ । तर जुन दिन तथ्यले आफुलाई स्थापित गर्छ त्यस दिन झुठ र फरेविको अन्त्य अनिवार्य हुनेछ, त्यसैले तस्कर विचौलिया कालावाजारीहरुका मुखियाहरुको पंक्तिलाई च्यापेर आफुलाई स्वच्छ , इमान्दार र जनवादी दावी गर्नु हुने केपी ओलिले भने जस्तो भइरहेको छैन भन्ने तथ्य स्थापित हुनेनै छ । म मात्रै हैन थुप्रैलाई केपी ओली स्वयमको आर्थिक नियतमा शंका छैन , त्यो सत्य हो तर त्यतिकै सत्य अर्को के पनि हो भने विगत देखि अहिलेसम्म केपी ओलीलाई साथ दिने धेरै चाहिं आर्थिक देखि चारित्रितिक कुराहरुमा बदनाम नै छन ।

उहाँलाई चित्त दुखे पनि लेख्नै पर्छ कि उहाँको साथमा देखिएका आफुलाई अव्वल एमाले भन्नेहरु मध्य धेरै पनि खासमा माओवादी द्वन्द्ध र राजाको निरंकुशताको समयमा आफ्नो ज्यान जोगाउन सहर बस्ने खुराफातीहरु नै छन ।ति अल्छी , पद लोलुप र कायर र अनैतिकहरुको वोलवाला चलेको केपी ओली समुहले फेरी पनि नेकपा एमाले बनाउन सक्ने छैन किनकि जनताको आधारभूत तहमा सम्पर्क नरहेकोहरुले गर्न सक्ने भनेको खुराफात मात्रै हो । अनुशासित कार्यकर्ता , स्वच्छ र नैतिकवान नेता भएकोले चुनौतीको विचमा पनि टिकेको एमालेलाई थप सुदृढ बनाउने काम केपी ओली र उहाँका आसेपासेहरुले कारवाही गर्न खोजिरहेका ति नेताहरुको सक्रियतामा एमालेको असलि चरित्र बोकेका कार्यकर्ताहरुबाट मात्रै हुनेछ । एमाले भित्र र वाहिरका सबैले बुझे हुन्छ कि एमालेमा सफल हुने भनेको नैतिकता , इमान्दारिता र स्वच्छता नै हो ।

(यी लेखकका निजी विचार हुन् । यसमा खसोखासको कुनै सम्पादकीय सरोकार छैन ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com