भिसा सकिएको ४८ महिनाभित्र विना अन्तरवार्ता भिसा नविकरण गर्ने ६ चरण, दर्जन योग्यता


प्रकाशित मिति : चैत्र १२, २०७७ बिहीबार

अमेरिकी दूतावास काठमाडौं

(यो सामाग्री सीजीआई फेडरल इन्कको वेवसाइट ट्राभल डक्स डटकमबाट साभार गरिएको हो ।)

ग्राहक सेवालाई सुधार गर्ने उद्देश्यले, अमेरिकी सरकारले गैर-आप्रवासी भिसा आवेदकहरुको लागि  भिसा अन्तर्वाता छुट दिदैँ भिसा नवीकरण गर्ने अनुमति दिएको छ। यो कार्यक्रम पहिलो पटक आवेदन गरिरहनु भएको आवेदकहरुको लागि हैन। यो कार्यक्रम केवल केहि  भिसा नवीकरण  गर्ने आवेदकहरुका लागि  मात्र हो र यसमा केही सर्तहरु लागू हुने छन्।

यदि तपाईँले B (B1, B2, B1/B2) वर्ग को भिसा को लागि आवेदन गर्दै हुनुहुन्छ भने, कृपया पहिला प्रोफाइल खोल्नु होला, आफ्नो आवेदन भर्नु होला, यदि तपाईँले सबै निम्न योग्यता पुर्याउनु भयो भने, आफ्नो अन्तरवार्ता छूट कन्फर्रमेसन पेज को दुइ  कॉपी प्रिन्ट गर्नु होला र छ: वटा भिसा केन्द्रहरू मध्ये एउटा भिसा केन्द्रमा बुझाउनुहोला ।

तपाईंले तलको बयानहरु लाइ “हो” भनी जवाफ दिनुअघि, कृपया आफ्नो चाहिएको योग्यता मापदणड सँग मेल गर्छ भनेर सुनिश्चित गर्नुहोला। तल दिइएको बयानहरुले कन्सुलर अधिकारिहरूलाइ तपाईंको अन्तरवार्ता छूट को लागि आवेदन गर्ने योग्यता निर्घारण गर्न मदत पुर्याउँछ तर  अन्तरवार्ता बिना भिसा जारी गर्ने  ग्यारेन्टी गर्न सक्दैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

म मेरो भिसा नवीकरण गर्छु ;

  • मेरो अन्तरवार्ता १ जनवरी, २००८ मा वा पछि भएको थियो;
  • मेरो अघिल्लो भिसा जारी भएदेखि म १४ बर्ष उमेरको भएको छैन वा मेरो अघिल्लो भिसा जारी हुँदा म १४ बर्ष वा त्यो भन्दा बढी उमेरको थिएँ र अब म ७९ बर्ष भन्दा कम उमेरको छु ।
  • मेरो अन्तिम भिसा ” मल्टिपल” प्रवेश को लागि थियो (तपार्इको पहिलाको भिसाको प्रकार “M” हुनु पर्छ);
  • मेरो अन्तिम B1/B2  भिसा पाँच वर्ष को लागि जारी गरिएको थियो;
  • मेरो अन्तिम भिसा यहि भिसा श्रेणीमा जारी भएको थियो;
  • मेरो अघिल्लो भिसा, कहिल्यै खारिज गरिएको,हराएको वा चोरी भएको छैन;
  • मेरो नाम, जन्म मिति, राष्ट्रियता, र जन्मस्थान दुवै आवेदन पत्र मा (वर्तमान र अघिल्लो) एउटै नै छ;
  • मेरो अघिल्लो संयुक्त राज्य अमेरिका को यात्रा मा, मैले सबै अध्यागमन कानून र नियमहरुको पालना गरेको छु;
  • मेरो अघिल्लो भिसा मा मैले, प्रवास को विस्तार को लागि आवेदन गरेको छैन (I-539 फारम प्रयोग गरेर);
  • मेरो  अघिल्लो भिसामा, मेरो प्रवास १८० दिनभन्दा बढी भएको छैन (वा ६ महिना);
  • मेरो अघिल्लो भिसा मा, म संयुक्त राज्य अमेरिका मा हुदा मैले टेम्पोररि प्रोटेक्टेड स्टेटस (TPS) को लागि आवेदन गरेको छैन;
  • मेरो भिसा अझै पनि मान्य छ, वा मैले अघिल्लो भिसाको म्याद सकिएको ४८ महिनाभित्र आवेदन गर्न लागेको छु ।

कृपया ध्यान दिनुहोस् अन्तरवार्ता छुट योग्यताले  भिसा जारी हुन्छ भन्ने वा अन्तरवार्ता छुट गरिने ग्यारेन्टी दिँदैन । हुन त  तपाईंको अन्तरवार्ता छूट हो तर तपाईंले औंला को छाप दिन आउनु पर्ने हुन सक्छ ।  कुनै पनि आवश्यक सूचना तपाईंको DS-160 अनलाइन आवेदन मा दिइएका इमेल ठेगाना मार्फत गरिनेछ।

कसरी आवेदन गर्ने ?

चरण १ 

सामान्य गैरआप्रवासी भिसा पढेर तपाईँको भिसा प्रकार निर्धारण गर्नुहोस्। । प्रत्येक भिसा प्रकारले योग्यता र आवेदनका बिन्दुहरु बताउँछन्। आफ्नो अवस्थालाइ लागू हुने भिसा प्रकार चयन गर्नुहोस्। भिषा छूट कार्यक्रम लाइ पनि समीक्षा गर्नुहोस्। यदि तपाईंको देश भिसा छूट कार्यक्रम भित्र पर्दछ भने, र यदि तपाईं व्यापार या मनोरंजनको लागि यात्रा गर्नुहुंदैछ र मात्र 90 दिन वा कमका लागि अमेरिकामा रहनु हुनेछ भने भिसाको लागि आवेदन गर्न आवश्यक छैन।

चरण

अर्को कदम DS-160 फारम पूरा गर्नु हो। DS-160 फारम भर्नका लागि दिइएको निर्देशन राम्ररी पढ्नुहोस। सबै जानकारी सही र शुद्ध हुनुपर्छ। फारम पेश भएपछि, तपाईंले कुनै पनि परिवर्तन गर्न सक्नुहुन्न। तपाईंलाई सहयोग चाहिन्छ भने, अध्यागमन बिभागको वकील वा अनुवादकसंग परामर्श गर्नुहोस्। कल सेन्टरले तपाईंलाई DS-160 फारम पूरा गर्न सहायता गर्दैन। तपाईंलाई आफ्नो नियुक्ति  बुक गर्न DS-160 संख्याको आवश्यकता हुनेछ।

चरण

एकपल्ट तपाईंले सही भिसा प्रकारको निर्धारण गरी र DS-160 पूरा गरेपछि भिसा शुल्क तिर्नुपर्छ। भिसा शुल्क पृष्ठ मा भिसा प्रकार र सम्बन्धित भिसा शुल्क अमेरिकी डलर र स्थानीय मुद्रामा सूचीबद्ध छ।

तपाईंको भिसा शुल्क तिर्न, बैंक  भुक्तानी विकल्प पृष्ठ पढ्नुहोस्। यो पृष्ठले तपाईंको भिसा शुल्क कसरी भुक्तानी गर्ने बारे बताउँछ। कृपया आफ्नो भुक्तानी रसिद राख्नुहोला। तपाईले आफ्नो प्रोफाइल बनाउनु पर्छ र आफ्नो  रसीद संख्या राख्नु पर्नेछ जून भिसा नियुक्ति गर्नका लागि चाहिने छ।

चरण

अब तपाईंले पुन: आफ्नो प्रोफाइलमा लगइन गर्नु पर्ने हुन्छ । सिस्टममा भित्र छिरेपछि, तपाईंले आफ्नो ड्यासबोर्ड देख्नु हुनेछ।

बायाँ तर्फको मेनुमा भएको तालिकाबाट शेडूल अपॉइंटमेंट क्लिक गर्नुहो्स्। दिएका निर्देशनानुसार सोधिएका प्रश्नहरुको जवाफ ध्यानका साथ दिँदै भिसा अन्तर्वाता मिति लिनुहोस् ।

यदि तपाईं भिसा अन्तर्वाता छूट  का लागि योग्य हुनुहुन्छ भने, तपाईँले भिसा अन्तर्वाता छूट  पत्र पाउनुहुनेछ जसमा आवश्यक कागजातहरुको सूची हुनेछ । यस भिसा अन्तर्वाता छूट  पत्रको  २ प्रति प्रिंट गरी त्यसमा सूचीबद्ध कागजातहरुका साथ आफ्नो राहदानी ,  ६  वटा मध्ये कुनै १ डॉक्यूमेंट डिलीवरी सेंटरमा बुझाउनुहोस्।

  • तपाईंको हालको राहदानी
  • डी एस -१६० CEAC पुष्टि पृष्ठ
  • तपाईंको वर्तमान वा हालैको भिसा प्रतिलिपि
  • साक्षात्कार छूट पत्र को एक प्रति
  • पछिल्लो ६ महीना भित्र लिएको एउटा तस्वीर (यस वेबपेज मा रहेको निर्देशन अनुसारको) । प्राय: जस्तो अवस्थामा,  पुरानो भिसामा रहेको तस्वीर बुझाउन मिल्ने छैन, सहि समयमा मान्य तस्वीर बुझाउन नसक्दा तपाईंको भिसा प्रसोधनमा ढिलाई हुन सक्छ।
  • आफ्नो भिसा टाइपको लागि आवश्यक पर्ने सहायक कागहात (प्रतिलिपि)
  • बालबालिका हरुले अन्तरवार्ता छूट मार्फ़त आवेदन गर्दा, आफ्नो आमाबुवाको भिसाको प्रतिलिपि पनि पेश गर्नु पर्ने हुन्छ।

चरण

तपाईँले आफ्नो अन्तरवार्ता छूट भिसा आवेदन टीम CGI केन्द्रमा  जम्मा गर्नुहोस्। आफ्नो कागजात सूचीपत्र को दोस्रो कॉपी आफु संग राख्नुहोस। पहिले CGI कर्मचारीले तपाईँको दस्तावेज हेर्नुहुनेछ र त्यस पछि मात्र संयुक्त राज्य अमेरिका दूतावासमा पठाउनू हुन्छ।

सुचना: यदि माथि भनिए अनुसार दस्तावेज पूरा नगरेमा तपाईँको आवेदनको काम ढिलो हुन सक्छ।

चरण

यदि तपाईँको  केस प्रशोधन  पूरा गर्नको लागि कुनै प्रकारको  थप  जानकारी  चाहिएमा  तपाईँलाई ईमेलद्वारा सूचीत् गरिने छ । यदि  तपाईँको आवेदन स्वीकृत भएमा, तपाईँको राहदानी र भिसा  तपाईँले चयन गर्नुभएको  डॉक्यूमेंट डिलीवरी सेंटरमा  उपलब्घ हुनेछ। राहदानी डिलीवरी सम्बन्धि विस्तृत जानकारी यस वेबसाइट मा पाउनुहुने छ ।

तपाईँको पासपोर्ट तपाईँले चयन गर्नुभएको  डॉक्यूमेंट डिलीवरी सेंटरमा पुगेको जानकारी तपाईँलाईँ  इमेलमार्फत पाउनुहुने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com