‘सम्मान गर्नुहोस् घृणा होइन’: नेपाली र एसियनमाथिको आक्रमणबिरुद्ध न्युयोर्कमा प्रदर्शन


प्रकाशित मिति : चैत्र ७, २०७७ शनिबार

एसियाली समुदायमाथि भएका दुब्र्यबहारका घटनाबिरुद्धको प्रदर्शनमा नेपाली समुदायका माझमा एन्डी चेन

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको आयोजना र एसियन अमेरिकन कम्युनिटी इम्पावरमेन्टको सहआयोजनामा न्युयोर्कको ज्याक्सनहाइटमा रहेको डाइभर्सिटी प्लाजामा नेपालीहरुसहित एसियन समुदायका तर्फबाट प्लेकार्डसहित प्रदर्शन गरिएको छ । अमेरिकामा पछिल्लो समयमा एसियनहरुमाथि बढेका घृणा अपराधकोविरुद्ध उक्त प्रदर्शन गरिएको हो ।

क्यालिफोर्नियामा नेपाली उबर चालकमाथि दुब्र्यबहार भएको घटना सेलाउन नपाउँदै न्युयोर्कमा नेपाली लिफ्ट चालकमाथि हातपातको घटना भएको छ । यस्ता घृणा अपराधका बिरुद्ध प्रदर्शनको आयोजना गरिएको नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले जानकारी दिए ।

कार्यक्रममा वक्ताहरुले नेपाली र एसियनमाथि भइरहेका घृणा अपराधको निन्दा गरेका थिए । स्थानीय राजनीतिज्ञहरु समेत सहभागी उक्त कार्यक्रममा नेपालीहरुले चालकबिरुद्धको हिंशा बन्द गर, सम्मान गर्नुहोस् घृणा होइन लगायतका प्लेकार्डहरु बोकेका थिए । केही नेपालीहरुले विगत दुईमहिनादेखि न्युयोर्कबाट हराइरहेका नेपाली विद्यार्थी अजय शाहको खोजीका लागि दबाबमुलक प्लेकार्ड बोकेका थिए ।

उक्त कार्यक्रमका केही तस्वीरहरु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com