न्युजर्सीमा नेपाली उत्तम शर्माको ट्रकको ठक्करबाट निधन


प्रकाशित मिति : चैत्र ४, २०७७ बुधबार

न्युयोर्कको ज्याक्सनहाइट निवासी नेपाली ४३ बर्षका उत्तम शर्माको गाडीको ठक्करबाट निधन भएको छ । शर्माको न्युजर्सीको इस्ट ब्रन्सवीकमा गाडीको ठक्करबाट निधन भएको हो । प्रहरीलाई प्राप्त कागजातमा आधिकारिक ठेगाना ज्याक्सनहाइट भएपनि उनी केहीबर्षदेखि न्युजर्सीमा नै बस्दै आएको जनाइएको छ ।

मंगलबार ट्रकले हानेर एकजना व्यक्ति अचेत भएको खबर पाएपछि अधिकारीहरु न्युजर्सीको इस्ट ब्रन्सवीकको १९ ए कटेज लेनमा पुगेका थिए । शर्मालाई घटनास्थलमा नै मृत घोषणा गरिएको छ ।

उत्तम शर्मा

गाडी चलाउने ३९ बर्षकी किम्बर्ली होल्म्सबिरुद्ध अभियोग दर्ता गराइएको छ । ती महिलाले खारेज भएको लाइसेन्सले ट्रक चलाएको पुष्टी भएको छ । उनीबिरुद्ध खारेज भएको लाइसेन्सले गाडी चलाउँदा व्यक्तिको मृत्यु भएको थर्ड डिग्री अभियोग दर्ता गरिएको छ ।

सांकेतिक तस्वीर

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप जानकारी भएमा हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com