सबै वितण्डाका निम्ति केपी ओली नै जिम्मेवार : माधव नेपाल


प्रकाशित मिति : चैत्र ४, २०७७ बुधबार

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबै वितण्डाका निम्ति एमाले अध्यक्ष केपी शर्मा ओली नै जिम्मेवार रहेको बताएका छन्।

बुधबार सानेपामा आयोजित आफू पक्षीय भेलालाई सम्बोधन गर्दै नेपालले आजको स्थिति उत्पन्न हुनुमा अरु कोही नभएर ओली नै कारक रहेको बताए।

‘यो स्थिति आज किन उत्पन्न भएको छ? तपाईं हाम्रो मनमा गम्भीर प्रश्न खडा भएको छ। यो स्थिति उत्पन्न हुनुमा अरु कोही होइन, एमालेका अध्यक्ष रहनुभएका केपी शर्मा ओलीजी, उहाँ नै सबै कामका निम्ति, सबै बितण्डाका निम्ति, यो सबै अवस्थाका निम्ति, पार्टीभित्र विग्रहका निम्ति जिम्मेवार हुनुहुन्छ। यसका निम्ति एक भारी तथ्य र प्रमाण छन्’, नेपालले भने।

उनले आफूहरूले भेला हुन नदिने गलत सूचना फैलाइएको पनि बताए। ‘नेकपा हुँदा मात्रै साइबर स्याल होलान् भनेको त, एमाले हुँदा पनि रहेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भेला नहुने भनेर योगेश भट्टराईको नाममा नक्कली प्रचार गरेछन्। साइबर स्यालबाट बच्नुपर्छ। फेरि पनि साइबर स्यालले फेक सूचना फैलाउन सक्छन्’, उनले थपे।

उनले पनि एमालेमा ओलीले नै गुटबन्दीको सुरुवात गरेको बताए। ‘गुट ओलीले बनाउनु भएको हो। मदन भण्डारी फाउण्डेसनमार्फत् जिल्ला- जिल्लामा गुट बनाउनु भएको छ’, नेपालले भने, ‘केन्द्रमा हामी पीडित भएका छौं। तपाईंहरु जिल्ला-जिल्लामा पीडित हुनुभएको छ। आज पीडित-पीडित भेला भएका हौं।’

उनले पार्टीका बैठमा ओलीले बेोल्नै नदिएको गुनासो गरे। ओलीले बैठक समेत बस्न नमानेको नेपालले उल्लेख गरे। ‘बैठक बस्न आग्रह गर्‍यौं। छलफल गर्नै नदिने। उहाँको प्रवचन सुनेर बस्नुपर्ने। अरुले बोल्नै नपाउने’,

नेपालले थपे, ‘कोभिड नियन्त्रणका लािगि कुरा गर्दा कुरै गर्न नदिने। विधेयक, नीतिका कुरा गर्छौं भन्दा कहिले पनि तयार नै हुनु भएन। स्वभाविक हो, विवाद आयो। ओलीमा आइ एम द पार्टी र आइ एम द कन्ट्री भन्ने अहंकार छ।’

ओलीलाई इमान्दार कार्यकर्ताको नभइ भजनमण्डलीको चाहना रहेको नेपालको टिप्पणी छ। माओवादीसँग एकता गर्दा केन्द्रीय कमिटीमा ल्याउन लागिएका आफ्ना पक्षका दुई जना व्यक्तिको नाम ओलीले हटाइको नेपालले स्मरण गरे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com