माओवादी केन्द्रीय कमिटी : पार्टीका तर्फबाट मन्त्री भएकालाई सरकारबाट फिर्ता हुन निर्देशन


प्रकाशित मिति : चैत्र १, २०७७ आईतबार

नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) को केन्द्रीय कमिटीले पार्टीका तर्फबाट मन्त्री पदमा रहेका नेतालाई पद त्याग गरेर सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। शनिबारको स्थायी कमिटी बैठकले प्रस्ताव गरेअनुसार केन्द्रीय कमिटीले उक्त निर्णय गरेको हो।

बैठकले पार्टीका केन्द्रीय कमिटीलगायत विभिन्न कमिटीमा रहेका सदस्य अर्को पार्टीमा रहेको भन्ने सार्वजनिक सूचना प्राप्त भएकाले माआवादी केन्द्रमा रहेको हो होइन, आफ्नो पार्टी कुन हो स्पष्ट गर्न स्पष्टीकरण माग्ने निर्णय पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठले विभिन्न राजनीतिक दलसँग वार्ता र छलफललाई भने निरन्तरता दिने जानकारी दिए। बैठकमा मन्त्रीबाट फिर्ता नहुनेलाई  अनुशासनको कारबाही गर्ने विषयमा समेत छलफल भएको एक नेताले बताए। बैठक सोमबार पुनः बस्नेछ।

बैठकको शुरुआतमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थिति कम्युनिष्ट पार्टीमाथि भएको आक्रमणको स्थिति, पार्टी र कम्युनिष्ट आन्दोलनमा देखापरेको चुनौती र भावी कार्ययोजनाबारे समीक्षात्मक जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए। बैठकमा पार्टीको नाम फेर्ने विषयसमेत उठेको जनाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

श्रेष्ठका अनुसार बैठकले वर्तमान परिस्थिति पार्टीको अवस्था र नेपाली कम्युनिष्ट अन्दोलनबारे केन्द्रीय कार्यालयबाट रिपोर्टिङ गर्ने, सङ्गठनात्मक अवस्था र समसामयिक परिस्थितिबारे सबै प्रदेशबाट जानकारी गराउने, केन्द्रीय कमिटीका सबै सदस्यले वर्तमान सन्दर्भमा पार्टी र आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा सुझावात्मक टिप्पणी गर्ने, सङ्गठनात्मक काम र पार्टी विधान संशोधन तथा पार्टी अनुशासन, राष्ट्रिय भेला कम्युनिष्ट आन्दोलन एकीकरणका विषयका कार्यसूची पास गरेको छ ।

उक्त कार्यसूचीअनुसार आइतबारको बैठकमा प्रदेशबाट नेताहरूले सङ्गठनको स्थिति र वर्तमान अवस्थाका बारेमा रिपोर्टिङ गरेका थिए। बैठकमा प्रदेश १ र २ बाट सह–इन्चार्जद्वय सावित्रीकुमार काफ्ले र विश्वनाथ शाह, वाग्मती प्रदेशबाट अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेशबाट अध्यक्ष हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशबाट सचिव मायाप्रसाद काफ्ले र सुदूरपश्चिम प्रदेशबाट सचिव लेखबहादुर चौधरीले वर्तमान अवस्थाका बारेमा रिपार्टिङ गरेका थिए।

बैठकमा उपत्यका विशेष कमिटीका इन्चार्ज लीलामणि पोखरेल, प्रदेश सम्पर्क समन्वय कमिटीबाट अध्यक्ष प्रल्हाद बुढाथोकी र प्रवास समन्वय कमिटीबाट अध्यक्ष युवराज चौलागाईंले सङ्गठनको स्थिति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com