दुर्ब्यबहारमा परेका नेपाली उबर चालकका लागि म्याचफण्डसहित १ लाख १० हजार डलर भन्दा धेरै संकलन


प्रकाशित मिति : फाल्गुन २९, २०७७ शनिबार

क्यालिफोर्नियामा दुर्ब्यबहारमा परेका नेपाली उबर चालक सुभाकर खड्काका लागि गोफण्डमीमा म्याचफण्डसहित १ लाख १० हजार डलरभन्दा धेरै संकलन भएको छ । गोफण्डमीमा सायन बेनिस्टरका तर्फबाट सुरु गरिएको अभियानमा यो समाचार तयार पार्दासम्म ९२ हजार डलर भन्दा धेरै संकलन भएको छ भने सायन बेनिस्टरले त्यसमा २० हजार डलर म्याच गर्ने घोषणा गरेका छन् ।

चालक खड्काको कानूनी सहायता र जीवनयापनका लागि सहयोग संकलन गरिएको हो । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक सुभाकर खड्कामाथि गत आइतबार दुईजना युवतीले पेपर स्प्रे गर्ने, मास्क च्यात्ने, अपशब्द बोल्ने लगायतका दुर्ब्र्यबहार गरेका थिए ।

ती युवतीलाई मास्क लगाउन आग्रह गर्दा दुब्र्यबहार गरेका थिए ।

नेपाली उबर चालकमाथि दुर्ब्यबहार गर्ने महिलाबिरुद्ध गाडीले हानेको मुद्दा, १२२ माइल प्रतिघण्टा गतिमा ड्राइभिङ

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तीमध्ये एक रातो पोशाक लगाउने मलेसिया किङलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । ती महिलामाथि आक्रमण गरेको, अरुको सामान जबर्जस्ती खोसेको र स्वास्थ्य तथा सुरक्षा नियम उल्लंघन गरेको अभियोग लगाइएको छ । इरानी मूलकी महिला अर्ना किमाईले आत्मसपर्मण गर्ने बताएको प्रहरीको भनाई छ ।

उबरले नेपाली चालकमाथि भएको यो आक्रमण भयावह भएको बताउँदै दुर्ब्यबहार गर्ने दुबै महिलाको एकाउन्ट खारेज गरिदिएको थियो । त्यसपछि ती युवतीले अब लिफ्ट चढ्ने घोषणा गरेकी थिइन् । तर लगत्तै लिफ्टले पनि ती युवतीमाथि प्रतिबन्ध लगाएको थियो ।

घटना लिफ्टसँग सम्बन्धित नरहेको भएतापनि चालकमाथि भएको दुब्र्यबहार अस्वीकार भएको लिफ्टले जनाएको थियो । त्यसैकारण ती युवतीलाई लिफ्टमा स्थायीरुपमा नै प्रतिबन्ध लगाइएको लिफ्टले स्पष्ट पारेको थियो ।

को हुन् अमेरिकामा दुर्ब्यबहारमा परेका नेपाली उबर चालकका लागि फण्डरेज गर्ने सायन ?

खड्काले आफूमाथि दक्षिण एसियाली आप्रवासी भएका कारण उनीहरुले निशाना बनाएको र विभेदकारी गाली गलौज गरेको स्थानीय संचारमाध्यमलाई बताएका छन् । गाडीमा चढेकी ती महिलाले मास्क लगाउन अस्वीकार गरेपछि आफूले गाडी रोकेको तथा मास्क किन्नका लागि ग्यास स्टेशनति गाडी लैजाने क्रममा ती महिलाले दुब्यबहार सुरु गरेको खड्काले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com