डिभी २०२० विजेता थप ९०९५ ले भिसा पाउलान् ? २०२१ का ५५ हजारलाई ७ महिनामा भिसा सम्भव छ?


प्रकाशित मिति : फाल्गुन २६, २०७७ बुधबार

अमेरिकी दूतावास काठमाडौं

संघीय न्यायाधिस सेप्टेम्बरको आदेशले मुद्दामा विजयी भएको खण्डमा डिभी २०२० का लागि ९०९५ भिसा छुट्याउन आदेश दिएको थियो । तर मुद्दा अहिलेपनि पेन्डिङ अवस्थामा रहेकाले ती भिसाहरुबारे अझै अन्यौल छ ।

गोमेज मुद्दामा विजय हासिल नभएसम्म कन्सुलेटहरुले डिभी २०२० का विजेताहरुको भिसा प्रकृया अगाडि बढाउने अवस्था नदेखिएको सन्दर्भमा हामीले यसबारेमा अमेरिकी सरकारको विदेश मन्त्रालयको कन्सुलर अफेयर्स अन्तरगत भिसा सेवाका लागि एक्टीङ डेपुटी एसिस्टेण्ट सेक्रेटरी जुली एम स्टफ्टलाई सोधेका थियौं ।

उनले अहिले पेन्डिङ मुद्दाका बारेमा आफूले छलफल गर्न नसक्ने बताइन् । तर डिभी २०२१ का सन्दर्भमा भने दूतावास र कन्सुलेटमा अहिले अन्तरवार्ताका अप्वाइन्टमेन्टहरु तय गर्ने क्रम सुरु भइसकेको उनले जानकारी दिइन् । ती भिसाहरु प्रकृयामा लैजाने क्षमता भएका दूतावास र कन्सुलेटमा अप्वाइन्टमेन्टहरु दिन सुरु गरिएको उनले बताइन् ।

अहिलेको अवस्थामा २०२१ का ५५ हजारलाई ७ महिनामा भिसा जारी गर्न सम्भव छ कि छैन? वा दूतावास र कन्सुलेटले प्रकृया तीब्र पार्न के कस्ता उपाय गरिरहेका छन् ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो प्रश्नको जवाफमा उनले भनिन् – ‘डिभी २०२१ का केसहरु अगाडि बढाउन हाम्रा पोष्टहरुले काम गरिरहेका छन् । हामीले सधैं कर्मचारी र आवेदक दुबैको स्वास्थ्य र सुरक्षाको महत्त्वलाई पनि जोड दिइरहेका छौं । त्यसका सन्दर्भमा स्थानीय अवस्था नै महत्वपूर्ण हुन्छ । तर हामीले डिभी २०२१ को भिसा प्रकृया सुरु गरिसकेका छौं ।’

आर्थिक बर्ष २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए । बाँकी झण्डै २३ सय नेपालीहरुले भिसा पाउन सकेका छैनन् ।

उनीहरुमध्ये कतिपयको त भिसाका लागि अन्तरवार्ताको मिति समेत तय भइसकेको थियो । उनीहरु अमेरिका आउन पाउनेमा लगभग ढुक्क रहेका थिए । तर कोरोना महामारी र ट्रम्पको कार्यकारी आदेशका कारण अन्तरवार्ता हुन सकेको थिएन ।

 

सेप्टेम्बरमा भिसा पाएका डिभी २०२० का विजेतालाई एक्सपायर स्टीकरमा विमान चढ्न समस्या नहुने

ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । जसमध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र सेप्टेम्बरमा ३७९ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । जसमध्ये २१२ जना प्राथमिक डिभी विजेताहरु, ९५ जना उनीहरुका दम्पत्ति र ७२ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । अदालतको आदेशपछि आफूहरुले सकेजतिलाई भिसा जारी गरेको काठमाडौंस्थीत नेपाली दूतावासले जनाएको थियो ।

यद्यपी आर्थिक बर्ष २०२० का डिभी विजेताहरुमा भिसा पाउनेहरुको तुलनामा नपाउनेहरुको संख्या बढी छ । अहिले अमेरिकी दूतावास र कन्सुलेटहरुले सन् २०२० को नभई आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुको भिसा जारी गर्न सुरु गरेका छन् ।

भिसा कुरेका आप्रवासी भिसा आवेदकलाई अमेरिकी भिसा सेवा उच्च अधिकारीका तीन सुझाव

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ ।  सन् २०२१ का डिभी लोटरी पारेकाहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि  ट्रम्पको आप्रवासन रोकका कारण भिसा पाउन सकेका थिएनन् ।

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो छ । सबैभन्दा धेरै डिभी विजेताहरु इरानका ६ हजार १ जना रहेका छन् । सन् २०२१ का लागि विश्वमै सबैभन्दा धेरै डिभी विजेताहरु भने इजिप्टका ६ हजार २ जना रहेका छन् । त्यस्तै अल्जेरियाका ६ हजार १ जना र सुडानका ६ हजार १ जना रहेका छन् ।

आर्थिक बर्ष २०२२ का गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा भने सन् २०२१ को मे ८ मा सार्वजनिक हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com