सेप्टेम्बरमा भिसा पाएका डिभी २०२० का विजेतालाई एक्सपायर स्टीकरमा विमान चढ्न समस्या नहुने


प्रकाशित मिति : फाल्गुन २६, २०७७ बुधबार

अदालतको आदेशपछि गत सेप्टेम्बरमा भिसा पाएर  भिसाको अवधि सकिइसकेका २०२० का डिभी विजेताहरुका लागि उक्त भिसाको सट्टामा नयाँ भिसा स्टीकर जारी नगरिने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेपछि कतिपय भिसा वाहकहरु विमानले आफूलाई एक्सपायर भएको भिसामा नचढाउने हो कि भनेर अन्यौलमा छन् । तर अमेरिकी सरकारको विदेश मन्त्रालयको कन्सुलर अफेयर्स अन्तरगत भिसा सेवाका लागि एक्टीङ डेपुटी एसिस्टेण्ट सेक्रेटरी जुली एम स्टफ्टले त्यस्तो समस्या नहुने जानकारी दिएकी छिन् ।

संघीय न्यायाधिसले भिसा सकिएका २०२० का डिभी विजेताको भिसा सकिएपनि अद्यावधिक मानिने आदेश जारी गरेपनि अमेरिकी सरकारले भने भिसा थपिएको नयाँ भिसा स्टीकर नदिने स्पष्ट पारेको थियो । त्यस्ता भिसाको म्याद सकिएकाहरुबारे एक्टीङ डेपुटी एसिस्टेण्ट सेक्रेटरी स्टफ्टले खसोखाससँग भनिन् -‘हामीले यात्रा गर्न सकिने उक्त भिसा श्रेणीको सन्दर्भमा एयरलाइन्सहरुसँग समन्वय गरेका छौं । डिभी २०२० का सन्दर्भमा उक्त श्रेणीभित्र पर्ने २०२० का भिसावाहकलाई अमेरिका यात्रा गर्न अनुमति दिने नीतिको विदेशमन्त्रीले सुरुवात गरिसक्नुभएको छ ।’

उनले थप स्पष्ट पार्दै भनिन् -‘त्यसैले यसरी आउनेहरुका सन्दर्भमा विमान चढ्नमा कुनै समस्या भएको हामीलाई अहिलेसम्म जानकारी छैन । एयरलाइन्ससँग थप समन्वय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गरिरहेको छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी विदेश मन्त्रालयले के भनेको थियो ?

अमेरिकी विदेश मन्त्रालयले भनेको छ -‘डिभी २०२० का विजेताहरु जसको भिसा सकिएको छ उनीहरुका लागि भिसा प्रतिस्थापन जारी गर्न नसकिने हुनसक्छ । यद्यपी गोमेज भर्सेस ट्रम्पको अदालती मुद्दाबाट आएको आदेशका कारण जसले सन् २०२० मा डाइभर्सिटी भिसा प्राप्त गरे, उनीहरुले म्याद सकिएकै भिसामा अमेरिकाको यात्रा गर्न सक्नेछन् । किनभने अदालतले यी भिसालाई ट्रम्पको कार्यकारी आदेश खारेज भएको मितिपछि जारी भएका भिसाका रुपमा व्यवहार गर्न आदेश दिएको छ ।’

अमेरिकी विदेश मन्त्रालयले थप स्पष्ट पारेको छ -‘अदालतले यी सकिएका भिसालाई कहिलेसम्म अद्यावधिक मान्ने भन्ने सन्दर्भमा निर्दिष्ट गरेको छैन। अदालतले यो आदेशमा परिवर्तन गर्न वा केही महत्वपूर्ण आदेशमा परिवर्तन गर्नसक्छ । त्यसकारण अदालतको आदेशबाट फाइदा लिन चाहने आवेदकलाई आदेश परिवर्तन हुनसक्ने भएकाले सक्दो व्यवहारिक रुपमा यात्रा गर्न प्रोत्साहन गरिन्छ ।’

कानून व्यवसायी के भन्छन् ?

ट्रम्पको कार्यकारी आदेशका कारण गत सेप्टेम्बरमा भिसा जारी भएका नेपालीहरुले मेडिकल सर्टिफिकेट वा अन्य कारणबाट भिसा सकिएको भएतापनि सकिएको भिसामा समेत तुरुन्तै अमेरिकाको यात्रा गर्न सक्ने कानून व्यवसायी रमेश श्रेष्ठले सुझाव दिनुभएको छ । तर ट्रम्पको कार्यकारी आदेशका कारण नभई पहिले नै भिसा पाइसकेका तर महामारी वा अन्य कारणले अमेरिका आउन नसकी रोकिदा भिसा एक्सपायर भएका डिभी विजेता भने एक्सपायर भएको भिसामा अमेरिका आउन सक्ने छैनन् ।

कानुन व्यवसायी रमेश श्रेष्ठ

ट्रम्पको कार्यकारी आदेश अनुशार सेप्टेम्बरको दोश्रो सातादेखि अन्तिमसम्म ४०४ जना नेपालीहरुले डाीइभर्सिटी भिसा पाएकाले उनीहरुको भिसा सामान्यतया मार्चको दोश्रो सातादेखि अन्तिमसम्म एक्सपायर हुनेछ । उनीहरुलाई पनि यथाशीघ्र अमेरिकाको यात्रा गर्न कानून व्यवसायी श्रेष्ठले सुझाव दिनुभएको छ । बाइडेनले फेबु्रअरी २४ मा आप्रवासनमा रोक लगाउने ट्रम्पको कार्यकारी आदेश खारेज गरेकाले सेप्टेम्बरमा जारी भएका भिसाले पनि अदालतको आदेश अनुशार फेब्रुअरी २४ पछि जारी भएसरह मान्यता पाउनेछन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com