भिसा कुरेका आप्रवासी भिसा आवेदकलाई अमेरिकी भिसा सेवा उच्च अधिकारीका तीन सुझाव


प्रकाशित मिति : फाल्गुन २६, २०७७ बुधबार

अमेरिकी सरकारको विदेश मन्त्रालयको कन्सुलर अफेयर्स अन्तरगत भिसा सेवाका लागि एक्टीङ डेपुटी एसिस्टेण्ट सेक्रेटरी जुली एम स्टफ्टले अन्तरवार्ता र भिसा कुरेका आप्रवासी भिसा आवेदकलाई तीन सुझाव दिएकी छन् । कोरोनाको महामारीका कारण अमेरिकी दूतावास र कन्सुलेटहरुमा भिसा सेवा प्रभावित भइरहेको सन्दर्भमा वैदेशिक संचार केन्द्रमा आयोजिक एक अन्तरकृयामा उनले भिसा सेवालाई सहज बनाउन यस्ता सुझावहरु दिएकी हुन् ।

पहिलो, नजिकको दूतावास र कन्सुलेटको वेवसाइट नियमित रुपमा हेर्न र यसबाट आवश्यक सुचनाहरु लिन सहज हुने उनको सुझाव छ । वेवसाइटमा सबैभन्दा पछिल्लो अपडेट हुने तथा दूतावास वा कन्सुलेटससँग सम्पर्क गर्नका लागि उचित तरिकाबारे सुचना हुने उनले जानकारी दिइन् ।

दोश्रो, दूतावाससँग भएको आवेदकको इमेल ठेगाना सही भएको सुनिश्चित गर्न उनले सुझाव दिएकी छिन् । उक्त ठेगानामा आवेदकले चाल्नुपर्ने कदमबारे जानकारी दिइने उनले बताइन् । यदि नभएको खण्डमा र कुनै प्रश्न भएमा नजिकको दूतावासमा सम्पर्क गर्न तर त्यसका लागि बारम्बार नभई एकपटकमात्र इमेल पठाउन उनले सुझाव दिएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इमेल पठाउँदा केस नम्बर पनि समावेश गर्न उनको सुझाव छ । केस नम्बर भएको खण्डमा आवेदकको आवेदन पत्ता लगाउन सजिलो र प्रभावकारी हुने भएकाले केस नम्बर समावेश गर्नुपर्ने उनको भनाई छ । दूतावास वा कन्सुलेटमा एउटै प्रश्नलाई लिएर बाम्बार फोन र इमेल गर्दा सबैका लागि प्रकृयामा ढिलो हुने उनले बताइन् ।

तेश्रो, अन्तरवार्तामा आउँदा अप्वाइन्टमेन्ट लेटरमा उल्लेख भएका सबै कागजातहरु लिएर आउन उनले सुझाव दिएकी छिन् । कागजात नपुगेर बारम्बार अप्वाइन्टमेन्ट तय गर्नुपर्ने अवस्थामा आएका उक्त आवेदकका लागिमात्र नभई अरु आवेदकका भिसा प्रकृयामा समेत ढिलाई हुन जाने भएकाले कागजातहरु ठीक तरिकाले मिलाएर ल्याउन उनले सुझाव दिएकी छिन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com