नेपाली उबर चालकमाथि क्यालिफोर्नियामा मास्क नलगाएका यात्रुबाट पेपर स्प्रे र दुर्ब्यबहार


प्रकाशित मिति : फाल्गुन २५, २०७७ मंगलबार

नेपाली उबर चालक शोभाकर खड्कामाथि मास्क नलगाएका महिला यात्रुहरुको समुहले दुब्र्यहार गरेको भिडियो अमेरिकाका मुलधारका संचारमाध्यहरुमार्फत भाइरल भएको छ । उक्त समुहले नेपाली उबर चालकमाथि खोक्नुका साथै मास्क च्यात्ने, फोन खोस्ने, पिरो स्प्रे छर्कने तथा अपशब्द बोल्ने लगायतका दुब्र्यबहार गरेका छन् ।

सान फ्रान्सिस्कोका प्रहरी प्रवक्ताका अनुशार एकजना महिलाले उबर चालकमाथि पेपर स्प्रेले आक्रमण गरेकी थिइन् । खड्काले आफूमाथि दक्षिण एसियाली आप्रवासी भएका कारण उनीहरुले निशाना बनाएको र विभेदकारी गाली गलौज समेत गरेको स्थानीय संचारमाध्यमलाई बताएका छन् ।

उबरले नेपाली चालकमाथि भएको यो आक्रमण भयावह भएको बताएको छ । उबरले दुब्र्यबहार गर्ने यात्रुको एकाउन्ट खारेज गरिदिएको समेत जानकारी दिएको छ ।

३२ बर्षका खड्कामाथि आइतबार दिउसो सिल्भर एभिन्यु र सान ब्रुनो एभिन्युमा दिउसो पौने १ बजे यस्तो दुब्र्यबहार भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गाडीमा चढेकी एकजना महिलाले मास्क लगाउन अस्वीकार गरेपछि आफूले गाडी रोकेको तथा मास्क किन्नका लागि ग्यास स्टेशनति गाडी लैजाने क्रममा ती महिलाले दुब्यबहार सुरु गरेको बताएका छन् । भिडियोमा गाडीमा चढेकी महिलाले खड्कामाथि खोकेको देख्न सकिन्छ ।

ती महिलाले हातबाट फोन खोस्नुका साथै चालकको मास्क समेत च्यातेको भिडियोमा देखिएको छ । गाडीमा चढेका अन्य महिलाले चालकमाथि अपशब्द बोल्नुका साथै दुब्र्यबहार गरेको भिडियोमा देखिएको छ ।

प्रहरीले दुब्र्यहार गर्ने यात्रुहरुको पहिचानका लागि स्थानीयको सहयोगी मागेको छ । दुब्र्यबहार गर्नेहरु अहिलेसम्म पक्राउ परेका छैनन् । महामारीको समयमा क्यालिफोर्नियाको बे एरियामा एसियनमाथि घृणाजनक अपराध बढीरहँदा यो घटना भएको हो ।

उबरले क्षतिपूर्ति वापत चालक खड्कालाई १२० डलर दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com