न्युयोर्क निवासी महर्जन दम्पत्तिबाट १० हजार डलर अष्टमाया फाउण्डेशनमार्फत सामाजिक कार्यमा


प्रकाशित मिति : फाल्गुन २४, २०७७ सोमबार

न्युयोर्क निवासी सामाजिक व्यक्तित्व तथा व्यवसायी समिर महर्जन र सूर्य महर्जनले महिलाको दिगो आर्थिक शशक्तिकरणका लागि क्वीन्स डायमण्डका तर्फबाट अष्टमाया फाउण्डेशनलाई १० हजार डलर डोनेशन गर्नुभएको छ । आज अन्तर्राष्ट्रिय महिला दिवशको अवशरमा फाउण्डेशनको सुरुवात गर्दै १० हजार डलर डोनेशन गरिएको हो ।

नेपालमा महिलाको दिगो आर्थिक शशक्तिकरणका लागि फाउण्डेशनले काम गर्ने र फाउण्डेशन आफ्नी आमा अष्टमाया महर्जनप्रति समर्पित रहेको समिर महर्जनले जानकारी दिनुभयो । आफ्नो व्यवसायलाई परोपकारी कामसँग संगठित रुपमा नै जोडेर अगाडि बढाउन पाउँदा आफू निकै उत्साहित रहेको उहाँले बताउनुभयो ।

आर्थिक शशक्तिकरण विना महिलामाथिको विभेद अन्त्य गर्न नसकिने र परिवारबाटै शशक्तिकरणको सुरुवात हुनुपर्ने बताउँदै आफ्नो शशक्तिकरणका लागि सासुको भूमिकाको सूर्य महर्जनले स्मरण गर्नुभयो । परिवारबाटै प्राप्त सहयोगले आफू सक्षम बन्न सकेको बताउँदै उहाँले सासुकै नाममा स्थापित फाउण्डेशनबाट सामाजिक क्षेत्रमा केही योगदान दिने प्रयास सुरु गरेको जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामाजिक अभियन्ता डाक्टर विष्णुमाया परियार र शेर्पा किदुगकी नवनिर्वाचित अध्यक्ष छिरिङ शेर्पाले न्युयोर्कको ज्याक्सनहाइटमा आयोजित कार्यक्रममा फाउण्डेशनको उद्घाटन गर्नुभएको थियो । उहाँहरु दुबैजनाले महर्जन दम्पत्तिले विगतमा सामाजिक क्षेत्रमा गर्दै आएको योगदानको प्रशंसा गर्दै अब संगठित रुपमा नै सामाजिक काम गर्न लागेकोमा शुभकामना दिनुभयो । न्युयोर्कमा आप्रवासीको अधिकारका लागि कृयाशिल संस्था अधिकारमा सकृय सामाजिक अभियन्ता नर्बदा क्षेत्रीको लिखित शुभकामना पढेर सुनाइएको थियो ।

कार्यक्रममा क्वीन्स डायमण्ड एण्ड ज्वेलरीका तर्फबाट सामाजिक अभियन्ता डाक्टर विष्णुमाया परियार र शेर्पा किदुगकी नवनिर्वाचित अध्यक्ष छिरिङ शेर्पालाई सामाजिक योगदानका लागि सम्मान गर्दै क्रिस्टलको टोकनसमेत प्रदान गरिएको थियो ।

फाउण्डेशनको उद्घाटनपछि क्वीन्स डायमण्ड एण्ड ज्वेलरीको लक्जरी स्टोरको समेत उद्घाटन गरिएको थियो । झण्डै १२ बर्ष अगाडि अमेरिकाको न्युयोर्कमा समिर महर्जन र सूर्य श्रेष्ठ महर्जनको जोडीले क्वीन्स डायमण्ड एण्ड ज्वेलरी स्टोरको स्थापना गरेकोमा आज त्यसको लक्जरी स्टोर समेत सुरुवात गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com