नेकपा आधिकारिकता : ओली पक्षले कार्यान्वयन गर्ने, प्रचण्ड–माधव पुनरावलोकनमा जाने तयारीमा


प्रकाशित मिति : फाल्गुन २३, २०७७ आईतबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिताबारे सर्वोच्च अदालतले आइतबार दिएको फैसलाका बारेमा केपी ओली तथा प्रचण्ड–नेपाल पक्ष आ–आफ्नै रणनीतिमा जुटेका छन्।

फैसलाका बारेमा प्रचण्ड–माधव पक्षले आइतबार साँझ कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए। उनीहरुले फैसलाविरुद्ध पुनरावलोकनमा जान सुझाव दिएका छन्। सो छलफलमा टीकाराम भट्टराई, रमण श्रेष्ठ, मुक्ति प्रधानलगायतका कानुन व्यवसायीहरु सहभागी थिए।

उनीहरुले अदालतले राजनीतिक विषयमा प्रवेश गरेर फैसला गरेको भन्दै पुनरावलोकनमा जान सुझाएका हुन्।

कानुन व्यवसायीहरुले रिट निवेदक ऋषि कट्टेलले नेकपाको आधिकारिकताको विषयमात्रै मागेकामा सर्वोच्च अदालतले पार्टीको एकताकै विषयमा फैसला गरेको भन्दै असन्तुष्टि जनाएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘संवैधानिक र राजनीतिक रुपमा कार्यान्वयन नहुने फैसला भएको छ। यसलाई चित्त बुझाउन सकिँदैन। हामी निसन्देह पुनरवलोकनका लागि जान्छौं,’ वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले सञ्चारकर्मीसँग भने।

प्रचण्ड–माधव पक्षले सोमबार स्थायी कमिटी बैठक बसेर फैसलाबारे औपचारिक धारणा सार्वजनिक गर्नेछ।

प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार राति ट्वीट गर्दै नेकपाको नाम विवादसम्बन्धी सर्वोच्चको फैसला सोच्नै नसक्ने खालको रहेको टिप्पणी गरेका छन्। यो फैसलाले ‘कमन सेन्स’ भएका सवैलाई आश्चर्यचकित र स्तब्ध बनाएको उनको भनाइ छ। रिट निवेदकको मागदावीभन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित विषयमा प्रवेश गरेर सर्वोच्च अदालतले फैसला गरेको उनको जिकिर छ।

उता आइतबार साँझै बसेको ओलीपक्षीय संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी ओलीले फैसला आफ्नो विपक्षमा आएको भए पनि त्यसलाई सम्मान गरेर जाने बताएका थिए। ओलीपक्षले भने पुनरावलोकनको विषय उठाएन। बैठकपछि नेता खिमलाल भट्टराईले फैसला कार्यान्वयनका पक्षमा अगाडि बढ्ने बताए। बैठकमा ओलीले अब पूर्वएमालेको बैठक बोलाएर अगाडि बढ्ने जानकारी दिएका थिए।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com