न्युयोर्कमा प्रियंका चोपडाको भारतीय रेष्टुरेण्ट सोना


प्रकाशित मिति : फाल्गुन २२, २०७७ शनिबार

न्युयोर्क सिटीमा कलाकार प्रियंका चोपडाको रेष्टुरेण्ट सोनाको सुरुवात हुने भएको छ । मनिष गोयल र डेभिड रविनसँग मिलेर उनले रेष्टुरेण्टको सुरुवात  गर्न लागेकी हुन् । रेष्टुरेण्ट यसै महिनादेखि सुरु हुने जनाइएको छ ।

उनले ट्वीटरमार्फत यसको जानकारी दिंदै भारतीय रेष्टुरेण्ट सोना प्रस्तुत गर्न पाउँदा आफू निकै उत्साहित भएको बताएकी छिन् । आफूले भारतीय खानाप्रति आफ्नो प्रेम पोखाएको उनले बताएकी छिन् ।

आफूले खाएर हुर्किएको स्वाद र अनादि कालदेखिको भारतको प्रतिकका रुपमा यो रेष्टुरेण्ट रहेको उनले बताइन् । उनले ट्वीटरमा एउटा नयाँ तस्वीर र दुईवटा पूराना तस्वीरहरु पोष्ट गरेकी छिन् । जसमा उनका पती निक जोनस पनि छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com