भिसा नपाएका डिभी २०२० का विजेता र छुट्याइएका ९०९५ भिसाबारे ५ प्रश्नोत्तर


प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार

वासिंटन डिसी अदालत

ट्रम्पको कार्यकारी आदेश खारेज भएपछि के दूतावास वा कन्सुलेटले डिभी २०२० का विजेताहरुलाई भिसा जारी गर्न सुरु गर्नेछ ?

विद्यमान कानून अनुशार कन्सुलेटहरुलाई सन् २०२० को सेप्टेम्बर ३० पछि २०२० का डिभी विजेताहरुलाई भिसा जारी गर्न अनुमति छैन । यद्यपी संघीय न्यायाधिसको आदेशले मुद्दामा विजयी भएको खण्डमा डिभी २०२० का लागि ९०९५ भिसा छुट्याउन आदेश दिएको छ । तर मुद्दा अहिलेपनि पेन्डिङ अवस्थामा रहेकाले ती भिसाहरु उपलब्ध हुने नहुने अहिले नै किटान गर्न सकिने अवस्था छैन । अर्को शब्दमा भन्दा गोमेज मुद्दामा विजय हासिल नभएसम्म कन्सुलेटहरुले डिभी २०२० का विजेताहरुको भिसा प्रकृया अगाडि बढाउने छैनन् ।

डिभी २०२० का कति विजेताहरुले भिसा पाउनेछन् ?

यदि डिस्ट्रिक्ट कोर्टमा जितेको खण्डमा अदालतले सरकारलाई संरक्षण गरिएका ९ हजार ९५ भिसा जारी गर्न आदेश दिएको छ । अमेरिकी विदेश मन्त्रालयले डिभी २०२० का विजेताहरु झण्डै २७ हजारलाई भिसा जारी हुने अनुमान गरेको छ । यो सामान्यतया अन्य बर्षको तुलनामा झण्डै आधा हो । अदालतमा भिसा विजेताका तर्फबाट गरिएको बहसमा ४३ हजार भिसा जारी गर्न माग गरिएको थियो । तर महामारीको कारण दूतावास र कन्सुलेटको कार्यक्षमतामा कमी आएकाले अदालतले उक्त माग अस्वीकार गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वासिंटन डिसी अदालत

अदालतले आदेश दिएका डिभी २०२० का ९ हजार ९५ विजेताको भिसा कहिले प्रकृयामा लगिनेछ ?

यदि अदालतमा डिभी विजेताका तर्फबाट जीत हासिल भएमा अदालतले सरकारले डिभी २०२० का विजेताहरुका लागि ९ हजार ९५ भिसा जारी गर्न आदेश दिनेछ । मुद्दाबारेको निर्णय मार्च महिनाभर आउने अपेक्षा गरिएको छ ।

अमेरिकी सरकारको विदेश मन्त्रालयले सन् २०२० को सेप्टेम्बर ३० अगाडि भिसा जारी नभएका डिभी २०२० का विजेतालाई अन्तरवार्ता नलिने र भिसा जारी नगर्ने सुचना निकालेको साँचो हो ?

अमेरिकी सरकारको विदेश मन्त्रालयले मुद्दाको वर्तमान अवस्थाका आधारमा उक्त सुचना निकालेको साँचो हो । जस अनुशार सरकारले सन् २०२० को सेप्टेम्बर ३० अगाडि भिसा जारी नभएका डिभी २०२० का विजेतालाई अब भिसा जारी गर्न मिल्दैन । तर अदालतले ९०९५ भिसा छुट्याउन आदेश दिएकाले यसको टुंगो फैसलाको सारांशको बेलामा लाग्नेछ । सम्भवत मार्चको अन्तिमसम्म यो टुंगो लाग्नेछ । सारांश फैसलामा डिभी विजेताका तर्फबाट जीत भएमा डिभी २०२० का विजेताहरुका लागि थप ९ हजार ९५ भिसा जारी गर्न प्रकृया सुरु हुनेछ ।

मेरो डिभी २०२० को भिसा गत सेप्टेम्बरमा जारी भएको थियो र अब भिसा सकिदैछ ? के मेरो भिसा स्वत ६ महिना थपिन्छ ?

यदि तपाईको डाइभर्सिटी भिसा फेबु्रअरी १७ र २८ का बीचमा सकिएको छ भने तपाईको भिसा अदालतको आदेश अन्तरगत थपिदैन । अर्थात् उक्त अवधिमा भिसा सकिएर तपाई अमेरिका आउनुभएको छैन भने तपाई अब आउन नपाउने हुनसक्छ । तर फेबु्रअरी २८ पछि भिसाको म्याद सकिनेहरुका सन्दर्भमा भने स्वत ६ महिना थपिनेछ । उदाहरणका लागि भिसाको म्याद मार्च १५ मा सकिदैछ भने स्वत लम्बिएर कार्यकारी आदेश खारेज भएको मितिले ६ महिना अर्थात् फेब्रअरी २४ को ६ महिनापछि अगस्त २४, २०२१ मा भिसा सकिनेछ । तर दूतावास र कन्सुलेटले नयाँ स्टीकर जारी नगर्ने बताएकाले एक्सपायर भिसामा नै यात्रा गर्नुपर्नेछ ।

अमेरिकन इमिग्रेशन लयर एसोसिएसनको सहयोगमा

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com