बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीबाट पदभार ग्रहण


प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मी बेलायत आइपुगेका छन् ।

सोमबार लन्डन उत्रिएका राजदूत रेग्मीले दूतावास पुगेर पदबहाली समेत गरेको दूतावासले जनाएको छ ।

लन्डनको हिथ्रो विमानस्थल उत्रिंदा राजदूत रेग्मी दम्पतीलाई लन्डन दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।

नवनियुक्त राजदूत रेग्मी बेलायतका लागि नेपालका २१ औं राजदूत हुन् । हालै आफ्नो कार्यकाल पूरा गरी फर्किएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीको ठाउँमा उनी राजदूत नियुक्त भएका हुन् ।

नेपाल सरकारबाट बेलायतको राजदूतमा सिफारिश हुनुअघि मात्रै रेग्मीले नेपाल सरकारको मुख्य सचिवबाट राजीनामा गरेका थिए ।

स्याङ्जामा जन्मिएका रेग्मी अढाई दशकअघि निजामती सेवा प्रवेश गरेका हुन् । निजामती सेवाकै सर्वोच्च स्थान मुख्यसचिवसम्म पुग्नुअघि उनले नेपाल सरकारका अर्थ, गृह लगायत महत्वपूर्ण मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com