चौतर्फी आलोचनापछि बोली सच्याउँदै ओलीले भने-न्यायालयलाई धम्की दिएको छैन


प्रकाशित मिति : फाल्गुन १०, २०७७ सोमबार

फाइल तस्बिर

न्यायालयलाई धम्की दिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले सोमबार कञ्चनपुर पुगेर आफ्ना अभिव्यक्तिको बचाउ गरेका छन्। उनले गत शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै आफ्नो पक्षमा फैसला नआए आन्दोलन हुन्छ भन्ने अभिव्यक्ति दिएपछि विभिन्न राजनीतिक दल तथा नागरिक समाजले आलोचना गरेका थिए।

तर सोमबार कञ्चनपुरमा औद्योगिक क्षेत्र शिलान्यासपछि बोल्दै ओलीले आफूले न्यायालयलाई नधम्काएको बताए। उनले विराटनगरको अभिव्यक्ति यसरी सच्याए–‘संसद पुन:स्थापना नभए केहीलाई राजनीति सक्किने चिन्ता बढेको होला, तर हामीलाई त्यसो चिन्ता छैन, हाम्रो विकासको आन्दोलन जारी रहनेछ, मैले संसद पुन:स्थापना भए पनि विकासको आन्दोलन हुन्छ भनेको हुँ ।’

उनले न्यायालयलाई धम्की दिने आफ्नो बानी नभएको बताए। ‘स्वतन्त्र न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तलाई मैले सदैव मानेको छु’ ओलीले भने, ‘अदालतको निर्णय गलत हुन सक्छ, त्यस्तो अवस्थामा पुनरावलोकन गर्न सकिन्छ, तर धम्किदिने काम कहिल्यै गरिंदैन।’

उनले विराटनगरको सभामा भनेका थिए– ‘चुनाव हुन्छ नै, त्यसकारण तपाईंहरु त्यो आत्मविश्वासका साथ अगाडि बढ्नुस्, यदि कहीँ कुनै प्रकारको जालझेल, षडयन्त्र, तिकडम, सेटिङ केही भएर देश र जनताको पक्षमा फैसला हुन्छ भने आन्दोलन फेरि पनि अगाडि बढ्छ। फेरि पनि हामी त्यस्ता शक्तिलाई पराजित गर्छौं।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्मलाका हत्यारा पत्ता लगाउन निर्देशन
कञ्चनपुरको सभामा उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन प्रहरीलाई निर्देशन पनि दिए।

‘भागरथी प्रकरणमा पनि राजनीति घुसाउने दुस्प्रयत्न गरिएको थियो’ प्रधानमन्त्री ओलीले भने,‘तर प्रहरीले त्यो प्रयास विफल बनायो, म धन्यवाद दिन चाहन्छु।’

उनले भागरथी प्रकरणजस्तै कसैको दबाबमा नपरी स्वतन्त्र ढंगले अनुसन्धान गर्दै निर्मला पन्तका हत्यारा पत्ता लगाउन प्रहरीलाई निर्देशन दिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com