टेक्सासवासीलाई मौसमको क्षति सफा र मर्मत अगाडि बिमा सुविधाका लागि ४ कदम चाल्न सुझाव


प्रकाशित मिति : फाल्गुन ८, २०७७ शनिबार

टेक्सासबासीलाई मौसमको क्षति सफा गर्नुअगाडि बिमा सुविधाका लागि फोटो खिच्न र बिल राख्न सुझाव दिइएको छ । संघीय आपतकालीन व्यवस्थापन एजेन्सी फेमाले मौसमबाट भएको क्षति सफा गर्नुअगाडि चारवटा कदम चाल्न सुझाव दिएको छ ।

खराब मौषमका कारण टेक्सासमा कैयन घरहरुमा पानीका पाइपहरु फुटेर क्षति पुगेको छ भने अन्य प्रकारका क्षतिहरु समेत देखिएको छ । सुरुमा क्षतिको सबै तस्वीरहरु लिन फेमाले सुझाव दिएको छ ।

त्यसपछि आफ्नो विमा दावी सुरु गर्न सुझाव दिइएको छ । तेश्रोमा मर्मत गर्दा खर्च भएका सबै बिलहरु सुरक्षित राख्न सुझाव दिइएको छ । त्यस्तै कुनै पनि प्रकारको क्षति भएकाहरुले आफ्नो क्षति फर्म भरेर रिपोर्ट गर्न समेत सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाईले टेक्सासमा खराब मौषमका कारण कुनै पनि प्रकारको क्षति भोग्नुपरेको छ भने कृपया यो फर्म भरेर सरकारी निकायलाई जानकारी दिन सक्नुहुनेछ ।

टेक्सास डिपार्टमेन्ट अफ इन्सुरेन्सले पनि मर्मत गर्नु अगाडि बिमा कम्पनीसँग कुराकानी गर्न सुझाव दिएको छ । मर्मतको खर्च बिमाले कभर गर्न सक्ने भएकाले यी कदमहरु चाल्न सुझाव दिइएको हो ।

बिमाका अधिकांश पोलिसीहरु पाइप फुटेर भएको क्षतिका लागि रकम तिर्ने जनाइएको छ । विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएकाले घरमा बस्न नसक्ने भएमा आफ्नो विमा एजेण्टलाई फोन गर्न सुझाव दिइएको छ । क्षतिका कारण घरमा बस्न नसकेको अवस्थामा कतिपय विमा कम्पनीहरुले मर्मतसम्मका लागि होटल वा शेल्टरमा बसेको रकम तिर्न सक्छन् ।

हिउँको भार वा बरफले घरमा क्षति पुगेको भएतापनि त्यसको क्षतिपूर्ति प्राप्त हुन सम्भव छ । रुखहरु ढलेर घरमा क्षति पुगेको अवस्थामा घरको बिमालाई र रुख ढलेर गाडीमा क्षति पुगेको अवस्थामा गाडीको बिमा कम्पनीलाई सम्पर्क गर्न सुझाव दिइएको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com