टेक्सासमा मृत्यु भएका नेपाली विद्यार्थीको शव नेपाल पठाउन २४ घण्टामा २० हजार डलर फण्डरेज


प्रकाशित मिति : फाल्गुन ७, २०७७ शुक्रबार

अमेरिकाको टेक्सासको ह्युष्टनमा मृत्यु भएका २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको शव नेपाल पठाउन र अन्य सहयोगका लागि २० हजार डलर संकलन भएको छ । गोफण्डमीमा सुरु गरिएको अभियानका क्रममा झण्डै २४ घण्टाको अवधिमा ६४५ जना दाताहरुबाट २० हजार २ सय ६ डलर संकलन भएको हो ।

नेपलिज एसोसियन अफ ह्युस्टनले उक्त फण्डरेज गरेको हो ।  लक्ष्यभन्दा बढी रकम संकलन भएपछि नयाँ डोनेशन प्राप्त गर्न रोकिएको छ ।

झण्डै ५ वर्ष अगाडि अमेरिका आएका भट्टराई मंगलबार विहान मृत आफ्नै कोठामा मृत भेटिएका थिए ।

हिमपातको कारण विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएपछि उनी साथीसँग मिलेर सोमवार राति बाहिर वार्वीक्यु पार्टी गरेका सुत्न गएका थिए ।मंगलवार विहान साथीले उनलाई मृत अवस्थामा कोठामा फेला पारेका थिए । झापाको वुधवारेका प्रमोद कम्प्युटर साइन्सको विद्यार्थी रहको र अध्ययनसंगै काम गरिरहेको जनाइएको छ ।

नेपालमा रहेका आफन्तहरुले उनको शव नेपालमा पठाउने व्यवस्था मिलाउन आग्रह गरेपछि त्यसको प्रकृया सुरु गरिएको हो । पोष्टमार्टम रिपोर्ट आएपछि शव नेपाल पठाइने जनाइएको छ ।

अमेरिकामा रहेका नेपालीहरुले उनको निधनमा शोक व्यक्त गरिरहेका छन् भने परिवारजनमा समवेदना व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

टेक्सासमा नेपाली विद्यार्थीहरुको बाक्लो बसोबास रहेको छ । अमेरिकामा सबै राज्यको तुलनामा सबैभन्दा धेरै नेपाली विद्यार्थीहरु पनि टेक्सासमा रहेका छन् । पछिल्लो समयमा टेक्सासमा रहेका नेपाली विद्यार्थीहरुका सन्दर्भमा कैयन अप्रिय घटनाहरु बाहिर आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com