अध्यागमन बिल: जनवरी १ मा गैरआप्रवासी भिसामा भएका वा त्यसपछि भिसा गुमाएकाहरु अयोग्य


प्रकाशित मिति : फाल्गुन ६, २०७७ बिहीबार

११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने खाकासहित आज सार्वजनिक गरिएको वृहत अध्यागमन बिल पारित भएमा जनवरी १, २०२१ वा त्योभन्दा अगाडि अमेरिकामा रहेका कागजपत्रविहिनहरुलाई पनि ग्रिनकार्डका लागि बाटो खुल्नेछ । तर गैरआप्रवासी भिसामा रहेका कैयन व्यक्तिहरु भने त्यसका लागि अयोग्य हुनेछन् ।

एसाइलम स्वीकृत भइसकेका व्यक्तिले यो बिलको प्रावधान अनुशार ग्रिनकार्ड आवेदन दिन पाउनेछैनन् । तर बिल पारित भएमा एसाइलम स्वीकृत नभइसकेकाहरुले भने यो बाटो अपनाउन सक्नेछन् ।

विद्यार्थी, भिजिटर लगायतका विभिन्न प्रकारका गैरआप्रवासी भिसाहरुमा रहेकाहरु जनवरी १, २०२१ मा स्टाटसमा नै रहेको भएमा वा सरकारले स्वीकृत गरेको वा भिसा थपेको अवस्थामा रहेको भएमा भने उनीहरु यो प्रावधान अन्तरगत ग्रिनकार्ड आवेदन दिन योग्य हुनेछैनन् । त्यस्तै जनवरी १ भन्दा पछाडि स्टाटस गुमाएकाहरुपनि आवेदन दिन योग्य हुनेछैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर उनीहरुको दम्पत्ति वा बच्चामध्ये कोही व्यक्ति जनवरी १, २०२१ वा त्योभन्दा अगाडि स्टाटस गुमाएर कागजपत्रविहिन रहेको अवस्थामा वा टीपीएस, डाका वा अन्य कुनै प्रावधान अन्तरगत ग्रिनकार्डका लागि आवेदन दिन योग्य भएको खण्डमा भने गैरआप्रवासी भिसामा रहेकाहरुले पनि फाइदा लिन सक्नेछन् ।

आज सार्वजनिक बिलमा टीपीएसबाहकलाई ग्रिनकार्डबारे के भनिएको छ ?

अमेरिकामा निरन्तर आवासको प्रमाणका रुपमा पासपोर्ट, अध्यागमनले पासपोर्टमा लगाएको छाप, अन्य सरकारी कागजातहरु, शैक्षिक संस्थाका कागजातहरु, काम गरेको कागजातहरु, अमेरिकामा बच्चा जन्माएको भएमा बच्चाको जन्मदर्ता प्रमाणपत्र, कुनै उपचार गरेको भएमा अस्पताल वा मेडिकलको रेकर्ड, लाइसेन्स, भाडा तिरेको कागजात, ट्याक्स रिसिप्ट, इन्सुरेन्स पोलिसी, विदेशमा पैसा पठाएको कागजात, बैंक ट्रान्जेक्सन लगायतका कागजातहरु पेश गर्न सकिनेछ । उपयुक्त प्रमाण पेश नगरेको खण्डमा आवेदन अस्वीकृत हुनसक्नेछ ।

११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल संसदमा सार्वजनिक

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com