भोलिदेखि न्युयोर्कमा ९ इन्चसम्म हिमपातको अनुमान, शुक्रबार बेलुकासम्म ट्राभल एड्भाइजरी


प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार

भोलिदेखि न्युयोर्क सिटीमा ९ इन्चसम्म हिमपात हुने मौषमविदहरुले अनुमान गरेका छन् । विहानै ५ बजेदेखि सुरु हुने हिमपात शुक्रबारसम्म जारी रहने अनुमान गरिएको छ ।

न्युयोर्क सिटीको आपतकालिन व्यवस्थापनले भोलि विहान ४ बजेदेखि शुक्रबार बेलुका ७ बजेसम्मका लागि जोखिमपूर्ण ट्राभल एड्भाइजरी जारी गरेको छ । विहिबार विहानदेखि हल्का हिमपात सुुरु भएपनि दिउसोसम्म बढ्ने र कतिपय स्थानमा भारी हिमपात हुने अनुमान गरिएको छ ।

विहान अवेरतिर हिमपात भारी हुने र दिउसोसम्म जारी रहने, त्यसपछि बेलुका भेरी हल्कामात्र हिमपात हुने र रातभरी जारी रहने मौषमविदको भनाई छ । वैकल्पिक साइड पार्किङको नियम शनिबारसम्म खारेज गरिएको छ भने भोलि बिहिबारका लागि सडकमा राखिएका आउटडोर डाइनिङ बन्द गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क बासीहरुलाई भोलि अनावश्यक यात्रा नगर्न सुझाव दिइएको छ । बाटाहरु चिप्ला हुने भएकाले यात्रामा सावधानी अपनाउन सुझाव दिइएको छ । यात्रा गर्दा सकभर सार्वजनिक यातायात प्रयोग गर्न, मास्क अनिवार्य लगाउन र सामाजिक दुरी कायम गर्न भनिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com