टेक्सासमा विहिबार विहानसम्म खराब मौषमको चेतावनी, २५ को मृत्यु, नेपाली समेत प्रभावित


प्रकाशित मिति : फाल्गुन ४, २०७७ मंगलबार

अमेरिकामा नेपालीहरुको बाक्लो बसोबास रहेको टेक्सासमा खराब मौषमबाट नेपालीहरु पनि प्रभावित भएका छन् । कतिपय नेपालीहरुले विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएका कारण अन्धकार र चिसोमा बस्नुपरेको गुनासो गरेका छन् भने कतिपय नेपालीहरुले प्रभावित क्षेत्रमा रहेकाहरुको चिन्ता गरेका छन् ।

अमेरिकामा न्युयोर्क र क्यालिफोर्नियापछि नेपालीहरुको सबैभन्दा धेरै बसोबास टेक्सासमा रहेको छ । अमेरिकामा सबैभन्दा धेरै नेपाली विद्यार्थीहरुको बसोबास पनि टेक्सासमा नै रहेको छ । टेक्सासमा खराब मौषमका कारण लाखौं घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न हुँदा त्यसको मारमा नेपालीहरु पनि परेका हुन् ।

टेक्सासबाट खसोखास गु्रपमा सुरेश शर्मा लेख्छन् – ‘सुरक्षित रहनुहोला भन्न सजिलो छ तर बस्न गाह्रो रहेछ । बिजुली छैन । चिसोपन कोठा भित्र र बाहिर बराबर पुग्न लाग्यो । आफ्नो भन्दा पनि होमलेसहरुको चिन्ता बढी लागेको छ । भगवानसँग प्राथना गरेका बसेका छौं ।’

खराब मौषमका कारण र अर्को आँधीको चेतावनीका कारण चिन्ता अझ बढेको टेक्सासबाट संचारकर्मी सूर्य थापाले जानकारी दिए । टेक्सासमा रहेका नेपालीहरु खराब मौषमका कारण प्रभावित भएको खबर आएपनि कुनै अप्रिय खबर भने नरहेको थापाले जानकारी दिए । बुधबार थप हिमपातको सम्भावना भएकाले अझ खराब मौषमका लागि तयार रहेको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आज डायलस, फोर्ट वर्थ लगायत उत्तरी र मध्य टेक्सासका क्षेत्रमा बेलुका ६ बजेदेखि बिहिबार विहान ६ बजेसम्मका लागि शीतआँधीको चेतावनी दिइएको छ । माइनस १५ डिग्रीसम्मको अत्यन्तै खतरनाक चिसो हावा चल्ने र कतिपय स्थानमा ६ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ ।

अधिकांश स्थानमा भने ३ इन्चसम्म हिमपातको सम्भावना छ । सडकहरुमा बरफ जम्ने भएकाले बाटाहरु चिप्ला हुनेछन् । उत्तरी र मध्य टेक्सासमा मौषम चेतावनीहरु जारी गरिएको हो । अरु थप घरमा विद्युत आपूर्तिमा अवरोध हुनसक्ने चेतावनी दिइएको छ भने यात्रा खतरनाक हुनसक्ने भएकाले सावधानी अपनाउन भनिएको छ । मंगलबार बेलुकादेखि बुधबार दिउसोसम्म सकभर यात्रा नगर्न सुझाव दिइएको छ ।

सकभर बाहिर नजान र जानै परे न्यायो कपडा लगाउन सुझाव दिइएको छ । त्यस्तै गाडीलिएर बाहिर जानुपरेमा गाडीमा अतिरिक्त पानी, खाद्यान्न र फ्लासलाइट राख्न सुझाव दिइएको छ ।

टेक्सासमा कम्तीमा ४२ लाख घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ भने कारभित्र तातो बनाउन खोज्दा कार्बन मोनोक्साइडबाट एक बच्चासहित टेक्सासमा दुईजनाको मृत्यु भएको छ । बिहिबारयतामात्र मौषम सम्बन्धित कारणबाट २५ जनाको मृत्यु भएको छ भने अधिकांश टेक्सास निवासी छन् ।

कभर फोटो: सन्ध्या गौतम/टेक्सास

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com