अमेरिकामा अध्यागमनबारे काम गर्ने वकिललाई कुन आवेदनका लागि कति शुल्क तिर्ने ?


प्रकाशित मिति : फाल्गुन २, २०७७ आईतबार

यदि तपाईले तपाईको एसाइलम केस प्रतिनिधित्व गर्ने वकिललाई धेरै रकम तिर्नुभयो भने उसले तपाईको केसमा भन्दा धेरै समय रकम गन्नमा नै लगाउन सक्छ । त्यसैले तपाईको एसाइलम केस प्रतिनिधित्व गर्ने वकिललाई कति रकम तिर्ने भन्ने सन्दर्भमा तपाई सजग हुन जरुरी छ ।

एउटा रिपोर्ट अनुशार एसाइलमको मुद्दाको प्रतिनिधित्वका लागि वकिलहरुले ९ सय डलरदेखि १० हजार डलरसम्म लिने गरेका छन् । अदालतमा गएको केस र युएससीआइएसमा रहेको आवेदनको सन्दर्भमा शुल्कमा फरक पर्छ । कतिपय सन्दर्भमा वकिलले लिने शुल्क घण्टाको दरले हुनेगर्छ भने कतिपयले एकमुष्ठ रकम लिएर काम गर्छन् । घण्टाको दरले तपाईले तिर्नुपर्ने भएमा औषतमा एकघण्टाको १५० देखि ३ सय डलरसम्म तिर्नुपर्ने हुनसक्छ ।

सामान्यतया तपाईले युएससीआईएसमा फाइल गरेको एसाइलम केसका लागि वकिललाई एकहजारदेखि  ३ हजार डलर तिर्नुपर्ने हुनसक्छ । त्यस्तै अदालतमा रहेको एसाइलम केसका लागि तपाईले २ हजार देखि १० हजारसम्म तिर्नुपर्ने हुनसक्छ । त्योभन्दा बढी रकम मागेको खण्डमा तपाईले विचार गर्नुपर्ने हुनसक्छ ।

तर धेरै रकम तिर्दैमा तपाईले राम्रो वकिल लिनुभएको छ भन्ने कुरामा विश्वस्त हुनसक्नुहुन्न । कतिपय वकिलहरु इमान्दार, मिहिनेती र चलाख हुन्छन् भने कतिपय अल्छी, अनुभवहिन र ठग हुन्छन् । एसाइलमको लागि धेरै रकम लिने वकिलहरु कतिपय सन्दर्भमा सहयोग गर्ने भन्दा बढी पैसा कमाउनेतिरमात्र धेरै ध्यान दिने हुन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राम्रो वकिलले तपाईको कथा सुनेर तपाईको केसको कमजोर र बलियो पक्षको मूल्यांकन गर्छ । राम्रो वकिलले तपाईलाई एसाइलमको प्रकृया, हुनसक्ने ढिलाई र सम्भावित परिणामबारे पनि सजग गराउँछ । त्यसैले कसैले मुद्दा जिताइदिने ग्यारेन्टी गर्छ भने त्यस्तो वकिल लिनुहुँदैन ।

शपतपत्र नै मुद्दाको मुटु हो । कानुनी रुपमा कुन कुरा उल्लेख गर्दा केस बलियो हुन्छ भन्ने आवेदकलाई थाहा नहुनसक्छ । यो अवस्थामा तपाईलाई सपथपत्र तयार पार्ने काममा वकिलले समय दिदैन भने त्यो वकिललाई राम्रो मान्न सकिन्न । राम्रो वकिलले तपाईलाई अन्तरवार्ताका लागि पनि तयार पार्छ । यदि तपाईले वकिललाई फोन गरेर सन्देश छाड्दा वकिलले कलब्याक गर्दैन भने त्यो वकिललाई राम्रो मान्न सकिन्न । राम्रो वकिलसँग त्यस्तो सुविधा हुन जरुरी छ ।

राम्रो वकिलले तपाईलाई आफ्नो मुद्दाबारे झुठो बोल्न वा झुठो विवरण बुझाउन उक्साउदैन । आवेदकले अमेरिकी सरकारसमक्ष झुठो बोल्दैछ भन्ने जानकारी दिंदादिदै पनि मुद्दा लिने वकिललाई राम्रो मान्न सकिन्न । त्यसो गर्ने वकिल खतरनाक र विश्वासहिन हुन्छन् ।

अमेरिकामा अध्यागमन वकिलको औषत शुल्क

आधा घण्टा सल्लाह:  ७५ देखि १५० डलर
प्रतिघण्टा काम:  १५० देखि ३०० डलर
सामान्य फर्म भर्न सहयोग:  २५० देखि ८ सय डलरसम्म
ग्रिनकार्ड आवेदनमा सहयोग:  ८ सय देखि ५ हजार डलरसम्म
वर्क परमिट आवेदन : २५० देखि ५ सय डलर
नागरिकता आवेदन:  ५ सय देखि १२ सय डलर
परिवारमा आधारित ग्रिनकार्ड: ८ सय देखि १५ सय डलर
रोजगारमा आधारित ग्रिनकार्ड: १५ सय देखि ५ हजार
स्टाटस एड्जस्ट फाइल:  ६ सय देखि १२ सय डलर
युएससीआईएस एसाइलम आवेदन:  १ हजार देखि ३ हजार
अदालतमा एसाइलम वा देशनिकाला आवेदन:  २ हजार देखि १० हजार

यो बाहेक तपाईले युएससीआईएसमा तिर्ने रकम वा सरकारी निकायमा बुझाउने शुल्क भने अतिरिक्त हुनेछ ।

 

औषतमा कुन आवेदनका सन्दर्भमा वकिललाई कति रकम तिर्दा उपयुक्त हुन्छ ? थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com