अमेरिकामा मनाइयो जनयुद्ध दिवस, शहीदको सम्झना र जनयुद्धको समिक्षा


प्रकाशित मिति : फाल्गुन २, २०७७ आईतबार

अमेरिकामा भर्चुअल रुपमा जनयुद्ध दिवस मनाइएको छ । २६ औं जनयुद्ध दिवस आयोजक समिति अमेरिकाले भर्चुअल कार्यक्रमको आयोजना गरेको हो ।

जनप्रगतिशिल मोर्चा युरोप र अमेरिकाको सहकार्यमा गरिएको कार्यक्रममा राष्ट्रिय जागरण मञ्चका अध्यक्ष गुणराज लोहनी र नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता लेखनाथ न्यौपाने विशेष अतिथि थिए । कासी पौडेलको सभापतित्व र दीपक लामिछानेले संचालन गरेको कार्यक्रममा जनप्रगतिशिल मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेल लगायतले बोलेका थिए ।

अन्तर्राष्ट्रिय गीत र शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरेर सुरु गरिएको कार्यक्रममा जनयुद्धको उपलब्धीबारे समिक्षा गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा जनयुद्धको नेतृत्व गरेकाहरु नै अहिले जनयुद्ध शब्द उच्चारण गर्न नसक्ने अवस्थामा पुगेकोभन्दै जनयुद्धकै जगमा टेकेर प्राप्त उपलब्धीको रक्षा गर्दै परिवर्तनको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिइयो ।

भर्चुअल कार्यक्रममा युरोप, अमेरिका, नेपाल, मध्यपूर्व लगायत विभिन्न क्षेत्रमा बस्ने विभिन्न क्षेत्रका तीनदर्जन बढीको उपस्थीति थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com