कोरोना संक्रमणबाट बेलायतको फार्नबरोमा पूर्व गोर्खा बुद्धवीर तामाङको निधन


प्रकाशित मिति : माघ २८, २०७७ बुधबार

यूकेमा कोभिड संक्रमणका कारण भूतपूर्व गोर्खाहरुको ज्यान जाने क्रम निरन्तर छ । हप्तैपिच्छे कोभिड संक्रमित केही गोर्खाहरुको निधन भएका खबर सार्वजनिक भइरहेका छन् ।

यसैक्रममा बेलायतको फार्नबरोमा बस्दै आएका पूर्व गोर्खा बुद्धवीर तामाङको  निधन भएको छ ।

कोभिड संक्रमण भएपछि २४ दिनअघि स्थानीय ‘फ्रिमली पार्क अस्पताल’ भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको परिवारलाई उद्धृत गर्दै गेसोका कार्यवाहक सभापति धर्म तामाङले जानकारी दिए ।

७२ वर्षीय तामाङ अस्पताल भर्ना भएको केही दिनमा अवस्था थप नाजुक बनेपछि ‘भेन्टिलेटर’ मा राखिएको थियो । उनी यसअघि अन्य कुनै दीर्घरोगबाट पीडित नरहेको परिवारले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भोजपुर षडानन्द नगरपालिका ११ झ्याउँपोखरी घर भएका मृतक तामाङ बेलायतमा श्रीमती र कान्छी छोरीका साथ बस्दै आएका थिए । उनीहरु दुई वर्ष अघिमात्रै बेलायत आएका हुन् । मृतकका एक छोरा हङकङमा छन् भने अरु दुई छोरी नेपालमा छन् ।

मृतकको शवलाई नेपालमै लगेर अन्त्येष्टि गर्ने इच्छा परिवारले राखेको छ । तर कोभिड संक्रमणले निधन भएको कारण शव नेपाल लैजान कठिन परेको गेसो कावा सभापति तामाङ बताउँछन् ।

‘हामीले दूतावासमा बुझ्दा पनि कोभिडका कारण निधन भएकाले शव नेपाल लैजान नमिल्ने जानकारी पायौं’ , उनले भने, ‘संक्रमण भएर अस्पताल भर्ना हुनुभएको हो । यदि मृत्यु हुने बेलासम्म संक्रमणमुक्त भइसकेको रिपोर्ट आयो भने मात्र नेपाल लैजान सम्भव हुने देखिन्छ । अस्पतालबाट अन्तिम रिपोर्ट पर्खिरहेका छौं ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com