अष्ट्रेलियामा मृत भेटिएका २२ बर्षे खतिवडाको शव नेपाल पठाइदै, १० हजार डलर संकलन


प्रकाशित मिति : माघ २६, २०७७ सोमबार

अस्ट्रेलियाको मेलबर्नस्थित एउटा कोठामा मृत फेला परेका सिन्धुपाल्चोक मेलम्चीका कौशल खतिवडाको शव नेपाल पठाइने भएको छ । अष्ट्रेलियाबाट नेपालमा शव पठाउन १२ हजार ५ सय डलरको लक्ष्यसहित गोफन्डमीमार्फत सार्वजनिक आह्वान गरिएकोमा एकैदिनमा १० हजार डलरभन्दा धेरै संकलन भएको छ ।

नेपाली युवा विद्यार्थी कौसल खतिवडा मेलबर्नको रिजर्भोयर क्षेत्रमा एयरविएनविमार्फत भाडामा लिइएको घरमा मृत फेला परेका थिए । उनी २२ बर्षका थिए ।

उनी बाथरुममा मृत फेला परेको भिक्टोरिया प्रहरीले जनाएको छ। प्रहरीले शवको पहिचानका लागि बोलाउँदा मात्रै आफुले घटनाबारे जानकारी पाएको उनीसँगै बस्दै आएका अर्का एक विद्यार्थीले बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनापछि प्रहरीले नेपालको सिन्धुपाल्चोक अभिभावकहरुलाई सम्पर्क गरेको थियो । अभिभावकहरुले गैरआवासीय नेपाली संघलाई आफ्नो छोराको शव नेपाल पठाउने कार्यमा सहयोग गर्न आग्रह गरेका थिए ।

त्यसपछि एनआरएनए अष्ट्रेलियाले उनको शव नेपाल पठाउनका लागि फण्डरेजर सुरु गरेको थियो । शव नेपाल पठाउन र परिवारलाई सहयोका लागि गोफण्डमीमार्फत त्यहाँ रहेका नेपालीहरुले सहयोग गरेका छन् ।

भिक्टोरिया प्रहरीले घटनास्थल शंकास्पद नदेखिएको र आत्महत्याको आशंका गरिएको परिवारलाई जानकारी दिएको छ ।

पोष्टमार्टम रिपोर्टपछि प्रहरीले शव परिवार वा परिवारले ईच्छाएको व्यक्तिलाई हस्तान्तरण गर्नेछ । त्यसपछि शव नेपाल पठाइने भएको छ ।

गोफण्डमीमार्फत सहयोग गर्न यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com