भोलिपनि न्युयोर्कमा ८ इन्चसम्म हिमपात


प्रकाशित मिति : माघ २४, २०७७ शनिबार

न्युयोर्कमा सोमबार परेको हिउँ पग्लिन नपाउँदै भोलि पनि हिमपात हुने भएको छ । भोलि ८ इन्चसम्म हिमपात हुने मौषमविदहरुले अनुमान गरेका छन्। सोमबार भएको हिमपात अनुमान गरेभन्दा बढी भएपनि भोलि भने प्रतिघण्टा एकइन्च सम्म हिमपात हुने जनाइएको छ ।

भोलि विहान ६ बजेदेखि बेलुका ९ बजेसम्मका लागि न्युयोर्क सिटीको आपतकालिन व्यवस्थापनले ट्राभल एड्भाइजरी जारी गरेको छ । रेष्टुरेण्टहरुले बाहिरपट्टी बनाएका खाना खाने स्थान भोलिका लागि खारेज गरिएको छ ।

आइतबार विहानदेखि हिमपात सुरु हुने र दिउसोसम्म हिमपात हुने अनमान गरिएको छ । न्युयोर्कबासीहरुलाई अनावश्यक यात्रा नगर्न सुझाव दिइएको छ । यात्रा गर्नैपर्ने भएमा सार्वजनिक यातायात प्रयोग गर्न र मास्क लगाउन सुझाव दिइएको छ ।

२ इन्चभन्दा बढी हिमपात भएपछि हिउँ सोहोर्ने २ हजार भन्दा धेरै गाडीहरु परिचालन गरिने भएको छ । बाटोहरु चिप्लो हुने भएकाले बाटोमा हिड्दासमेत थप सावधानी अपनाउन सचेत गराइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com