संविधानमाथि आक्रमण भैरहँदा  पत्रकारहरुले थप जिम्मेबार भएर पत्रकारिता गर्नुपर्छ : सिवाकोटी


प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार

नेपाल प्रेस युनियनका महासचिब अजयबाबु सिवाकोटीले संविधानमाथि आक्रमण भैरहेको बेला पत्रकारहरु थप जिम्मेबार भएर पत्रकारिता गर्नुपर्ने बताएका छन् ।

उनले प्रधानमन्त्री केपि ओलीले संविधानबिपरित संसद विघटन गरेको र असंबैधानिक कदम चालेको भन्दै उनले देशमा गैरसंबैधानिक काम भैरहेको र लोकतन्त्रमाथि प्रहार भैरहेको भन्दै ब्यबसायीक पत्रकारितासंगै देशको हितमा कलम चलाउन आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै महासचिव सिवाकोटीले प्रेस युनियनको नवौं महाधिवेशन आगामी जेठ १३ र १४ गते गर्ने निर्णय भएको समेत जानकारी दिए ।

नेपाली पत्रकारहरुका तमाम समस्या रहेपनि यो बेला थप क्रियाशिल र ब्यबसायीक बन्नुपर्ने उनको तर्क छ । प्रेस युनियनको बर्दीयामा भएको कार्यसमितिको बैठकले युनियनको महाधिवेशन आउदो जेठको दोश्राे साता गर्ने निर्णय गरेको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अवको निर्बाचनमा असंबैधानिक काम गर्नेको पक्षमा लाग्ने पत्रकार समुहसंग चुनावी एकता हुने संभावना कम रहेको बताए  ।महाधिवेशन स्थलको टुंगो  र एलायन्सको बारेमा अन्तिम निर्णय भने सचिवालयले लगाउने उनले जानकारी गराए ।
उनले भने—‘हामी पत्रकार महासंघमा सबै साथीहरुलाइ समेटेर नेतृत्व गर्न चाहन्छौं,कसैलाइ पाखा र कसैलाइ काखा गर्ने हाम्रो बानी पनि छैन,गर्दैनौं ।’

सिवाकोटीले पत्रकारहरुका संघ संस्थामा क्रियाशिल र व्यवसायीक व्यक्तिले नेतृत्व समाल्नु पर्नेमा जोड दिए ।नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन जस्ता संस्थामा क्रियाशिल र व्यवसायीक पत्रकारलाई नेतृत्वमा पुर्याएमा पत्रकारहरुको समस्या छिटो हलहुनसक्ने दाबि गरे ।

रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब कपिल ज्ञवालीले गरेका थिए । युनियनका प्रतिष्ठान, जिल्ला र विदेश गरि ८७ शाखा छन् । शाखाबाट आएका झण्डै एक हजार पाच सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने नेपाल प्रेस युनियनले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com