सभामुख सापकोटाद्वारा राष्ट्रपतिसहित ३९ जनाविरुद्ध सर्वाेच्चमा मुद्धा दायर
प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार
सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी ओली लगायत ३९ जना विरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका छन् ।
हालै गरिएको संवैधानिक नियुक्तिहरूविरुद्ध त्यो मुद्धा दर्ता गरिएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । उनका अनुसार मुद्धा दर्ता गरिएकाहरुमा प्रधानमन्त्री ओलीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तम प्रेमकुमार राई तथा आयुक्तहरु जयबहादुर चन्द र किशोरकुमार सिलवाल, निर्वाचन आयोगका आयुक्तद्धय रामप्रसाद भण्डारी र डा. जानकी तुलाधर, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर तथा सदस्यहरु मनोज दुवाडी, सूर्य ढुङ्गेल, लिली बस्नेत, मिहिर ठाकुर, वित्त आयोगका सदस्यहरु जुद्धबहादुर गुरुङ र अमरबहादुर मिश्र, महिला आयोगका अध्यक्ष कमला पराजुली र सदस्यहरु कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हा, मधेशी आयोगका सदस्यहरु जिवछ शाह, रेणुदेवी शाह र विजय गुप्ता, आदिवासी जनजाति आयोगका अध्यक्ष, रामबहादुर थापा, थारू आयोगका सदस्य विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह चौधरी र भोलाराम थारू लगायतका छन् । उनीहरुले गत बुधावार राष्ट्रपति कार्यालयमा शपथ लिएका थिए ।
शपथग्रहण समारोहमा सभामुख सापकोटा र उपराष्ट्रपति नन्दकिशोर पुन अनुपस्थित रहेका थिए । ती नियुक्तिहरु अवैधानिक भएको भन्दै सापकोटाले वारेशमार्फत आज सर्वाेच्चमा मुद्धा दायर गरेका हुन् ।





