धुलोमा बसेर पढ्छन् बालबालिका


प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार

दिउँसो १ः०० बज्दानबज्दै जनचेतना आधारभूत विद्यालयका बालबालिका जाडोले कठ्याङ्रिन थाल्छन् । भुजीखोला छेउको धुलाम्मे चौरमा बसेर पढ्न विवश ती बालबालिका घाम ओझेलिएपछि घर फर्कन्छन् ।

बिहान १०ः०० बजेदेखि १ः०० बजेसम्म कक्षा चल्छ, खुला आकाशमुनि । चिसो भुइँ, धुलोको उस्तै कहर । घामै लाग्दा पनि भुजीखोलाको साँठले बेलाबेला हिर्काउँछ । बस्नलाई ओछ्याइएका बोरा र सामानका खोल पनि फाटेर धुजाधुजा छन् । यस्तो कठिन स्थितिमा कसरी पढ्दा हुन् ती कलिला बालबालिका रु ढोरपाटन नगरपालिका–९ सुप्राङस्थित उक्त विद्यालयमा पुग्दा जो कोहीको मनमा प्रश्न उब्जन्छ । ‘कक्षाकोठामा सिकाइमैत्री वातावरण’को आदर्श वाक्यले गिज्याइरहेको आभास मिल्छ ।

गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले विद्यालयको भवन बगाएपछि बालबालिकालाई खुला चौरमा राखेर पढाउन शिक्षक बाध्य छन् । “बाढीले नामोनिसान नराखी विद्यालय लग्यो, कुनै विकल्प नभएपछि खुला चौरमा राखेर पढाउनुपरेको हो”, विद्यालयका प्रधानाध्यापक रामबहादुर घर्तीमगरले भने ।

उनले अहिले विद्यालयसँग कक्षाको समय जनाउका लागि घण्टीसमेत नभएको पीडा सुनाए । कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा अधिकांश दलित समुदाय र न्यून आय भएका परिवारका बालबालिका पढ्छन् । यसै त कमजोर हालतमा रहेका बालबालिकालाई प्राकृतिक विपत्तिले झन मार थपेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिसो झेल्न न्यानो कपडादेखि पाठ्यपुस्तकलगायत शैक्षिक सामग्रीको अभाव छ । भविष्यका कर्णधार बालबालिका पीडादायी स्थितिबाट गुज्रिरहेका छन् । स्तरीय र बालमैत्री सिकाइको अवसरबाट उनीहरु वञ्चित छन् । प्रअ घर्तीमगरका अनुसार अझै दुई÷तीन महिना ती बालबालिका कक्षाकोठामा फर्कन पाउने छैनन् ।

“राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत दुई कोठे भवन बन्दैछ, त्यसैलाई बारबुर पारेर भए पनि कक्षा चलाउनुपर्ला”, उनले भने, “तत्काललाई अस्थायी प्रकृतिको टहरा बनाउने भनेर सोचेका थियौँ तर कतैबाट स्रोत जुटेन ।” प्रअ घर्तीमगरले स्थलगत अवलोकनपछि विद्यार्थीको अवस्था देखेका त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घ र प्रदेशका सांसदले कुनै सहयोग नगरेकामा दुःखेसो व्यक्त गरे ।

नगरपालिकाले भने ३० थान बेञ्चका लागि बजेट दिएपछि अहिले काम भइरहेको विद्यालयले जनाएको छ । पुनःनिर्माण प्राधिकरणमार्फत बनिरहेको भवन वैशाखसम्म सक्ने लक्ष्य छ । सोही भवनमा तला थपका लागि अमेरिकामा रहेका प्रवासी नेपालीबाट रु २५ लाख बजेटसमेत नगरपालिकाको राहत कोषमा जम्मा भइसकेको जनाइएको छ ।

भवन बनाउने जग्गा खरिदका लागि पनि सोही ठाउँबाट वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका प्रवासीले रु ३० लाख विद्यालयलाई उपलब्ध गराएका थिए । शिक्षक जमुना पुनम मगरले चिसो भुइँमा राखेर बालबालिकालाई पठाउँदा साह्रै पीडाबोध हुने गरेको बताए ।

“धेरै गाह्रो अवस्था छ, न बोर्ड छ, न शैक्षिक सामग्री, घाम हुञ्जेलसम्म जेनतेन पठाउँछौँ, त्यसपछि यहाँ बस्नै सकिँदैन, विद्यालय भवन छिटो बन्दियोस् भन्ने लागेको छ”, उनले भने”, “पानी परी हालेमा विद्यार्थीले ओत लाउने ठाउँसम्म छैन ।”

कक्षा २ मा अध्ययनरत अङ्कित विकले दुवाल गाउँदेखि एक घण्टा हिँडेर विद्यालय आउने गरेको बताए । जाडो याममा धुलो भुइँमा बसेर पढ्दा गाह्रो भइरहेको सुनाए । उक्त विद्यालयमा बाढीमा अभिभावक गुमाएका नौ बालबालिका पढ्छन् । कूल १५० मध्ये अधिकांश बालबालिका बाढीबाट प्रभावित परिवारकै छन् । प्रअ घर्तीमगरलगायत अन्य शिक्षकको परिवार पनि बाढीबाट प्रभावित छन् । प्रअ घर्तीमगरले विद्यालयले भोगिरहेको समस्यामा सम्बद्ध पक्षबाट बेलैमा ध्यान पुग्नुपर्ने र उचित सम्बोधन हुनुपर्ने बताए ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले विद्यालय पुनःनिर्माणलगायत शैक्षिक सुधारका काममा नगरपालिकाकै नेतृत्वले पहलकदमी लिनुपर्ने बताए । “बाढीपीडित राहत कोषमा पनि रकम जम्मा भएको छ, त्यसलाई पनि परिचालन गर्ने र अन्य स्रोत पनि जुटाएर काम अघि बढाउनुपर्छ”, उनले भने ।

नगरपालिकाको राहत कोषमा देशविदेशबाट गरी हालसम्म झण्डै रु दुई करोड ५० लाख जम्मा भएको छ । उक्त रकम बाढी प्रभावित परिवारको पुनःस्थापनामा खर्च गरिने नगरपालिकाले जनाएको छ । सङ्घ र प्रदेश सरकारले पनि पुनःनिर्माणमा सघाउने प्रतिबद्धता जनाएको छ । यसअघि सरकारले पनि बागलुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माण थाल्ने निर्णय गरेको थियो ।

बाढीले सोही वडाको सरस्वती आधारभूत विद्यालयको तीन कोठा र शौचालय पनि क्षतिग्रस्त बनाएको थियो । कक्षाकोठा अभावमा सो विद्यालयका कक्षा १ र २ का विद्यार्थीलाई सँगै राखेर पढाउने गरिएको छ । भुजीखोलामा आएको बाढीले ठूलो धनजनको क्षति निम्त्याएको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com